कामदारको स्वास्थ्य परिक्षण गर्न २ सय ९० संस्था इच्छुक, सिण्डिकेट तोडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 06:14:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागी मेडिकलहरुलाई सूचिकृत हुन दिएको समय सकिएको छ । मेडिकल व्यवसायीको असन्तुष्टीका बावजुत मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न पाउँ भन्दै २९० स्वास्थ्य संस्थाले आवेदन दिएका छन् । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारको स्वास्थ्य परिक्षणको लागी ईच्छुक संस्थालाई चैत १८ देखि १५ दिनभित्र सूचिकृत हुन सूचना जारी गरेको थियो । यस अवधिमा १२६ स्वास्थ्य संस्था सूचिकृत भएका छन् । 

यस्तै मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षणका लागी सूचिकृत हुन गरेको आह्वानमा २२६ वटा स्वास्थ्य संस्थाको आवेदन परेको थियो । यी मध्येबाट ६४ संस्थाले भने मलेसिया जानेको पनि स्वास्थ्य परिक्षण गर्न पाउँ भनेर आवेदन दिएका छन् । आवेदन दिने संस्थाहरुमा राजधानी र बाहिरका केही ठूला अस्पताल तथा मेडिकल कलेज समेत रहेको मन्त्रालयले जनाएको छ । यसरी आवेदन दिएका संस्थाले तोकिएको मापदण्ड पूरा गरेका छन् कि छैनन् भनेर अनुगमन गरिने मन्त्रालयले जनाएको छ । 

नेपाल मेडिकल व्यवसायी संघले भने १५ दिनमा मापदण्ड पूरा गर्न नसक्ने भन्दै समय थप गर्न माग गरेको थियो । संघका महासचिव जय गुरुङले सरकारले तोकेको मापदण्ड पूरा गर्न कम्तीमा पनि ३५ दिन लाग्ने भएकाले सरकारलाई म्याद थप गर्न भनिएको थियो । तर सरकारले भने म्याद नथपी आवेदन दिने स्वास्थ्य संस्थाको सूची सार्वजनिक गरेको छ । 

सरकारले भने मेडिकल व्यवसायीका मागका विषयमा तत्काल कुनै निर्णय नगर्ने संकेत गरेको छ । मन्त्रायका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार म्यदान थप गर्ने विषयमा छलफल भएपनि के गर्ने भन्ने निर्णय भने भईसकेको छैन । सरकारले वैदेशीक रोजगारीका लागी मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणमा केही मेडिकलको मात्रै एकाधिकार रहेको भन्दै त्यसलाई तोड्न आवेदन माग गरेको जनाएको छ । यसअघि मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण ३७ वटा मेडिकलबाट मात्रै हुँदै आएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved