ओमनसँग श्रम सम्झौता गर्दै नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2019 | 01:45:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र ओमनबीच श्रम सम्झौता हुने भएको छ । श्रम समझदारी ‘एमओयु’ को मस्यौदा टुङ्गो लगाउन ओमनका प्रतिनिधि नेपाल आउने भएका छन् । नेपाल र ओमनबीच पहिलो पटक श्रम सम्झौता हुन लागेको हो । 

एमओयुको लागी पहिलो चरणको मस्यौदा आदानप्रदान भैसकेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । पहिलो चरणको भेटमा ओमन सरकार सकारात्मक भएकोले अबको भेटले एमओयुमा सहमति जुटाउने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । यसका लागी अप्रिल अन्तिम वा मे महिनाको पहिलो हप्तामा ओमनका श्रम तथा संशाधन अधिकारी नेपाल आउने छन् । 

यस अघि श्रम समझदारीबारे नेपाल र ओमनबिच माघ १३ र १४ गते पहिलो चरणको छलफल भएको थियो । श्रमिकलाई व्ययभार नपर्ने गरी आधारभूत अधिकार तथा सुरक्षाको ग्यारेन्टी प्रत्याभूत हुनेगरी एमओयु गर्ने मन्त्रालयको तयारी रहेको छ ।  न्यूनतम तलब सुविधा, अन्तराष्ट्रिय श्रम सिद्धान्त,शून्य लागतमा श्रमिक लैजानुपर्ने, भर्ना प्रक्रियामा पारदर्शी हुनुपर्ने लगाएतका विषयलाई एमओयुमा उठान गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved