ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता, कुन तहलाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2019 | 03:53:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ट्राफिक प्रहरीलाई प्रोत्साहान भत्ता दिने निर्णय गरेको छ । ट्राफिक प्रहरीमा कार्यरत विभिन्न तहका अधिकारीले न्यूनतम तलब अनुसार भत्ता पाउने भएको हो । 

गत बैशाख २ गते बसेको मन्त्रीपरिषदको बैठकले ‘ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५’ लाई स्वीकृत गरेको छ । भत्ताको व्यवस्थासहितको निर्देशिका अनुसार ट्राफिक प्रहरीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले १० प्रतिशत भत्ता पाउनेछन् । 

साथै, प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले २० प्रतिशत भत्ता पाउने छन् । साथै  सिपाही र हवल्दारले  भने ४० प्रतिशत भत्ता पाउनेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved