जापान रोजगारी तत्काल नखुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 10:55:16 AM मा प्रकाशित

laxmi  sunrise bank

जापान रोजगारी खुल्न समय लाग्ने भएको छ । नेपाली कामदार जापान पठाउन संयन्त्र तयार नभएकोले रोजगारी खुल्न समय लाग्ने भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । 

नेपाली कामदार जापान पठाउनको लागी ईपिएस शाखा जस्तै संयन्त्र निर्माण गर्ने सरकारको तयारी रहेको छ । यसको लागी आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापनमा समय लाग्ने देखिएको छ । साथै कामदार लैजाने संरचनाको प्रक्रिया जापानले अघि बढाएको छ । अप्रिल पहिलोबाटै जापान रोजगारी खुलेतापनि भौतिक संरचना र नितिगत संरचनाको तयारीमा रहेकोले तत्कालको लागी जापान रोजगारी सुचारु नहुने मन्त्रालयले जनाएको छ ।

जापान रोजगारीमा जाने कामदारले भाषा परिक्षासँगै सीप परिक्षा पास गर्नुपर्ने हुन्छ । जापान फाउन्डेशनले भाषा परिक्षण गर्नेछन् भने सीप परिक्षण सम्बन्धित व्यवसायको एसोसियसनले गर्ने मन्त्रालयले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved