घरेलु तथा साना उद्योग व्यवसायीको संख्या बढ्दो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 11:55:01 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न उदेश्य लिएका साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रावधान ल्याएसँगै काठमाडौँ जिल्लामा  साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको घरेलु तथा साना उद्योगले जानकारी दिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका अनुसार चालू आर्थिक वर्षमा ४ हजार ७०७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ ।  मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको कार्यलयका सूचना अधिकारी सुनिता तुम्बाहाम्फेको भनाई छ  । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता गर्ने क्रम बढेको छ । साना तथा घरेलु कार्यालय काठमाडौँका अनुसार पशुपालन, कृषि, होटल, रेष्टुरेन्ट, ब्यूटीपार्लर, बेकरी, ग्रील उद्योगलगायतका क्षेत्रमा बढी उद्योग दर्ता भएका छन् । चना अधिकारी तुम्बाहाम्फेका अनुसार, पछिल्लो समय सबै सवारीसाधनलाई कम्पनीमा जान सरकारले यातायात व्यवसायीलाई परिपत्र गरेसँगै ट्याक्सीसमेत उद्योगमा दर्ता हुन आएका छन्।

पछिल्लो समय  नगरपालिकामा नै साना तथा घरेलु उद्योग धेरै दर्ता हुँदै आएको कार्यालयले जनाएको छ । जसले गर्दा  युवामा उद्योगी बन्न हौसला मिलेको कार्यालयको भनाइ छ । गत साउनदेखि चैतसम्ममा ४ हजार ७०७ नयाँ उद्योग दर्ता हुन आएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । जस अन्तर्गत चार अर्ब ६२ करोड ६६ लाख ७४ हजार बराबरको उद्योग दर्ता गरेको कार्यालयले जनाएको छ । 

सरकारले १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रूपमा दर्ता गर्दै आएको छ । विदेशी लगानीका ठूला, मझौला तथा साना उद्योग उद्योग विभागबाट दर्ता हुँदै आए पनि स्वदेशी उद्योग भने साना तथा घरेलु उद्योग कार्यालयबाट दर्ता गरिँदै आएको छ । हाल साना तथा घरेलु उद्योग प्रदेश सरकारअन्तर्गत जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved