के कारणले घटे विदेशीने नेपाली ?

भावना लामा

भावना लामा

Apr 24, 2019 | 04:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ८ महिनाको प्रतिवेदनमा विदेशिने नेपालीको संख्या घटेको उल्लेख छ । 

अन्तिम श्रम स्वीकृति ‘संस्थागत तथा व्यवक्तिगत नयाँ’ का आधारमा विदेशिनेको संख्या ३८ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यो अवधिमा यसरी विदेशीनेको संख्या ५ दशमलव ४ प्रतिशतले घटेको थियो । यसैगरी पुन श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ४ दशमलव ६ प्रतिशतले घटेकोे छ । यो संख्या अघिल्लो वर्षमा १ दशमलव ३ प्रतिशतले घटेको थियो । 

आर्थिक बर्ष २०७३/०७४ मा नयाँ श्रम स्वीकृत लिने ७ दशमलव १ र पुन श्रम स्वीकृति लिने १२ दशमलव ६ प्रतिशतले घटेका थिए । २०७४/०७५ मा भने नयाँ श्रम लिने ५ दशमलव ४ र पुन लिनेमा १ दशमलव ३ प्रतिशतले कमी आएको थियो ।  

वार्षिक रुपमा नेपाली श्रम बजारमा भित्रिने जनशक्तिमध्ये ९० प्रतिशत रोजगारीको लागी विदेशिने गरेको तथ्याङ्क नेपाल सरकारसँग रहेको छ । देशभित्र आवश्यकता अनुसार रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारी बाध्यता सहितको विकल्प बनेको छ । केहि समय यता भने रोजगारीको लागी विदेशिनेको संख्या क्रमिक रुपमा घट्दै गएको छ । यसरी विदेशिनेको संख्यामा कमी आउनु सकारात्मक रहेको वैदेशिक रोजगार विशेषज्ञहरुको भनाई छ । 

नेपालमै रोजगारीको सिर्जनाले विदेश जाने घटे

नेपालमा रोजगारीका अवसर सिर्जना हुँदा विदेश जानेको संख्या घटेको श्रमविज्ञहरुको बुझाई छ । नेपालमा रोजगारीसँगै श्रमिकको ज्याला बढेका कारण कामकै लागी विदेशीने नेपाली घटेको श्रम विज्ञ सूर्य मिश्रको भनाई छ । अहिले नेपालमै दैनिक एक कामदारले एक हजारको हाराहारीमा पारिश्रमिक लिने गरेको छ । 

खाडी मुलुक जाने कामदारले न्यूनतम पारिश्रमिक आठ सय देखि हजार ‘दिराम पाउँदै आएका छन् । यसका नेपाली रुपैयाँ हुन आउँछ । यति रकम रकम दैनिक एक हजार पारिश्रमिक लिने कामदारले नेपालमै कमाउने गरेका छन् । 

भूकम्पपछि सरकारले अपनाएको रणनितिले पनि रोजगारीमा बृद्धि भएको श्रमविज्ञ मधु विलास बताउछन् । सरकार, गैरसरकारी संस्था, निजि संस्थाको पहलमा भूकम्प पछि प्रदान गरिएको विभिन्न तालिमले धेरैलाई स्वरोजगार बनाएको छ । विलासका अनुसार सिकर्मी, डकर्मी, ईलेक्ट्रिसियन, प्लम्बर लगायतका सिपमूलक तालिम नेपालमै पाएकाले त्यो सिपको उपयोग गरि स्वरोजगार बनेका छन् । यसले पनि विदेशीनेको संख्यामा कमी आएको हो । 

नेपालीले विदेशमा भोग्नुपरेको समस्याका कारण पनि विदेशको आकर्षण घटेको अर्का विज्ञ पूर्णचन्द्र भट्टराईको भनाई छ । सानोतिनो गल्तीले पनि मृत्युदण्ड भोग्नुपरेको, भाषा नवुझिदा कार्यस्थलमा समस्या परेको, ज्यानको जोखिम मोलेर काम गर्नुपर्ने लगाएतका समस्याका कारण नेपाीलमा विदेशको आकर्षण घटेको उनको बुझाई छ । खाडी मुलुकले राम्रो काममा आफ्नै नागरिकलाई बढी प्राथमिकता दिदा बाह्य मुलुकमा कामदार मागको संख्या घटेका कारण पनि कामदारकै रुपमा विदेश जाने नेपाली घटेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved