सामाजिक सुरक्षा कोष ऐन परिमार्जन गर्न रोजगारदाताको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 03:27:19 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारदाताले सामाजिक सुरक्षा योजनाको ऐन परिमार्जन गर्न माग गरेको छ । हाल जारी भएको सामाजिक सुरक्षा योजनाको ऐनलाई कार्यन्वयन गर्न नसक्ने भएकोले ऐन परिमार्जन गर्न रोजगारदाताले माग गरेको संयुक्त ट्रेड युनियन समन्वयन केन्द्र (जेटयुसिसि) का अध्यक्ष विनोद श्रेष्ठको भनाई छ । 

अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा योजनामा समाबेश हुन रोजगारदाताले आनाकानी गरिरहेको बताए  । रोजगारदाताहरुले श्रमिकहरु योजनामा जान नमानेको बहाना बनाउदै  बेईमानि गरिरहेको उनले दाबी गरे।  श्रमिकलाई दिनुपर्ने सेवा सुविधा र राज्यलाई तिर्नुपर्ने करबाट बच्नको लागी रोजगारदाताले ऐन परिमार्जनको माग गरेको उनको भनाई छ । यदि रोजगारदाताले आफ्नो संस्था र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा दर्ता नगराए दबाब मुलक कार्यक्रम मार्फत दर्ता हुन बाध्य बनाउने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved