रोजगारदातालाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन जेटयुसिसिको आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 02:29:21 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त ट्रेड युनियन समन्वयन केन्द्र ९जेटयुसिसि० ले अन्तराष्ट्रिय श्रमिक दिवस मनाउने भएको छ । कार्यक्रममार्फत सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारसँग समन्वयन गर्ने केन्द्रका अध्यक्ष बसन्त श्रेष्ठको भनाई छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउनु श्रमिकको अधिकारको विषय भएकोले रोजगारदातालाई कोषमा सहभागी गराउन केन्द्रले पहल गर्ने उनले बताए । 

अध्यक्ष श्रेष्ठका अनुसार सरकारले तोकेको पारिश्रमिक लागू भएमा श्रमिकले सामाजिक सुरक्षा कोषमा सजिलै सहभागी हुन सक्छन् । तर श्रमिकलाई न्यूनतम पारिश्रमिक र सरकारलाई कर तिर्नुपर्ने भएपछि रोजगारदाताले सामाजिक सुरक्षा कोषमा सहभागी हुन आनाकानी गरेको उनको आरोप छ । श्रमिक आफैले कोषमा दर्ता हुन नमानेकोले कोषको ऐन नै परिमार्जन गर्न रोजगारदाताले माग गरेको उनले बताए । केन्द्रले आयोजना गर्न लागेको कार्यक्रम मार्फत सामाजिक सुरक्षा कोषमा जान दबाब मुलक कार्यक्रम गर्ने उनले बताएका छन् । 

हाल देशभर ९ लाख रोजगारदाता कम्पनिहरु रहेका छन् । जसमध्ये ३ लाख व्यवसायी–उद्योगहरु रहेका छन् । तर सामाजिक सुरक्षा कोषमा भने २४ सयको हाराहारीमा रोजगारदाता सुचिकृत भएका छन् । सरकारले कोषमा सूचिकृत हुन मंसिर ६ गतेबाट चैत सम्मको समय तोकेको थियो । तोकेको समयभित्र शून्य प्रतिशत मात्रै रोजगारदाता सूचिकृत हुन आएकाले कोषले असार मसान्त सम्मको समय थप गरेको छ । 

जेटयुसिसि र विभिन्न ट्रेड युनियनहरुले ३० औं मे दिवसलाई संयुक्त रुपमा मनाउन लागेको हो । हाल जेटयुसिसि मा नौ वटा ट्रेड युनियनहरु आबद्ध रहेका छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved