म्यानपावरको सेवा शुल्क तोक्न श्रम मन्त्रालयलाई पत्राचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 06:29:55 PM मा प्रकाशित

laxmi  sunrise bank

म्यानपारको सेवा शुल्क तोक्न श्रम कार्यालय ताहाचलले पत्राचार गरेको छ । कार्यालयले बैदेशिक रोजगारीमा जाँदा लाग्ने सेवा शुल्क तोक्नका लागी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई लिखित पत्राचार गरेको हो । 

बैदेशिक रोजगारमा जाँदा लाग्ने सेवा शुल्क नतोकिएका कारण दैनिक डिमाण्ड पूर्व स्वीकृतिमा असहज भएको श्रम कार्यालयको भनाई छ । सेवा शुल्क नतोकिएको देशको हकमा म्यानपावर कम्पनिले अधिकतम ६ महिना बराबरको तलब सेवा शुल्क लिन पाउने उल्लेख छ । त्यसैले कामदारको न्यूनतम एक महिनाको सेवा शुल्क म्यानपावरलाई बुझाउनुपर्ने गरी शुल्क तोकिदिन मन्त्रालयलाई पत्र काटेको कार्यालयले जानकारी दिएको छ । 

हाल म्यानपावर व्यवसायीले लागत नतोकिएका कम्बोडिया, सिंगापुर लगाएतका देशबाट डिमाण्ड ल्याउन थालेकाले पूर्व स्वीकृति दिन गाह्रो परेको श्रम कार्यालयको भनाई छ । 

बैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनिलाई तिर्नुपर्ने सेवा शुल्कबारे सरकारले स्पष्ट नीति बनाउन सकेको छैन ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved