सरकारले दिने रोजगारी पाउन काठमाडौँमा २७० ले दिए आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 08:07:40 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगपालिकामा प्रधामन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत २७० को आवेदन परेको छ । महानगरले आयोजना गरेको ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र कामपाको आर्थिक वर्ष २०७६÷७७ को बजेट’ विषयक अन्तरक्रिया कार्यक्रममा वडा नं १ देखि २७ वडा सम्मका २७० ले उक्त आवेदन फारम भरेका जानकारी गराएको हो ।

महानगरका ३२ वडामा वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट भने एउटा पनि आवेदन नपरेको महानगरले जनाएको छ । उक्त कार्यक्रम गत फागुन १ गते प्रधानमन्त्रीले उद्घाटन गरेका थिए । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो पटक यस किसिमको कार्यक्रम ल्याइएको हुँदा यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहने भन्दै उहाँले निजी क्षेत्रसँगको सहकार्यमा यो कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले सरकारको पहिलो कार्यक्रम भएकाले धेरै नागरिकलाई यसबारे थाहा नभएको र जानकारी दिनकै लागि सोही अनुरुपको कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने बताईन । प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले महानगरमा हालसम्म प्राप्त भएको सङ्ख्या अत्यन्तै कम रहेको उल्लेख गर्दै छुटेकाहरुलाई समावेश गर्नका लागि पुनः म्याद थप गर्नुपर्ने बताए । 

उक्त कार्यक्रममा फारम भर्न यसै वैशाख मसान्तसम्मको समयावधि रहेको छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने छ । एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved