बेरोजगार युवालाई बिदेश पठाउन आफै कोरियन र जापानी भाषा सिकाउदै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 09:12:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकार आफैले युवालाई भाषा सिकाएर विदेश पठाउदै छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर  सुदूरपश्चिम सरकार भने युवालाई रोजगारीको लागि विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । 

प्रदेशले युवालाई वैदेशिक रोजगारीमा पठाउन ३ महिना जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागेको हो । यसबाट ३ सय २० युवालाई बैदेशिक रोजगारीमा पठाउने सरकारको लक्ष्य छ । यसका लागि सामाजिक विकास मन्त्रालयले  धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख  बढी रकमको सम्झौता गरिसकेको छ ।

 प्रदेश सरकारको रातो किताबमा समावेश कार्यक्रम कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved