वैदेशिक रोजगारमा जानेले सीप परिक्षणको प्रमाणपत्रबिना अन्तिम श्रम स्वीकृति नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 11:37:39 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारमा जानेले श्रम स्वीकृति लिन सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ । आगामी असार १५ गतेदेखि श्रम स्वीकृति लिन तालिम लिएको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भएको हो । 

न्यूनतम सीप सिकाएर मात्र वैदेशिक रोजगारीमा पठाउने सरकारको निति अनुरुप प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भएको हो । वैदेशिक रोजार वोर्डले १२ वटा काममा विदेश जान चाहने कामदारलाई प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृति नदिने भएको छ । जसअन्तर्गत हाउस वाइरिङरइलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फक्चर्स, हाउस किपिङरक्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्टरटेलरिङ र प्लम्बिङको काममा विदेश जानका लागि सीप सिकेको प्रमाणपत्र बिना अन्तिम श्रम स्वीकृती नपाइने वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । सीप सिकेको प्रमाणपत्र पेश गरेका व्यक्तिको सीप परिक्षण भने बोर्डले नै गर्नेछ । 

आगामी वर्षदेखि सीप विकास तालिम प्रदेशबाटै प्रदान गर्ने बोर्डले जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved