खलङगामा बेरोजगार युवालाई सुरक्षागार्ड तालीम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 06:13:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले खलङ्गामा सुरक्षा तालीम शुरु गरिएको छ । 

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा  सुरक्षा गार्ड सम्बन्धी तालिम प्रदान गरिएको हो ।  एकमहीने तालीम शुरु भएको हो । 

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका प्रमुख नारायण चौलागाईंका अनुसार १८ देखि ४० वर्षउमेर समूहका बेरोजगार युवालाई लक्षित गरी विभिन्न सीपमूलक तालीमको आयोजना गरिएको छ । 

चन्दनाथ नगरपालिका–४ का वडाध्यक्ष जगदीश चौलागाईका अनुसार राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै जुम्लामा विभिन्न उद्योग, वित्तीय संस्था र कलकारखाना स्थापना हुने क्रम बढिरहेको छ । उक्त संस्थाहरुको सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षागार्ड उत्पादनका लागि यो तालीमको आयोजना गरिएको हो।

एक महिनासम्म सञ्चालन हुने सय तालीममा पाँच महिलासहित २० जना युवाको सहभागिता रहेको छ ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved