श्रममन्त्री बिष्टलाई म्यानपावरको १३ दिने अल्टिमेटम, ५ वटा माग पुरा नभए कामदार उडाउन बन्द गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2019 | 05:25:16 AM मा प्रकाशित

laxmi  sunrise bank

म्यानपावर व्यवसायीहरुले सरकारले आफ्नो माग सुनुवाई नगरे जेष्ठ १७ देखि आन्दोलन गर्ने चेतावनी दिएका छन। आफुहरुले पटक पटक अनुरोध गर्दापनि श्रम रोजगार तथा समाझिक सुरक्षा मन्त्रालयले केहि सुनुवाई नगरेको आरोप लगाउदै व्यवसायीहरुले ५ बुंदे माग सम्बोधन गर्दिन अनरोध गर्दै एक बिज्ञप्ती जारि गरेका छन। 

आफुहरुले राखेको माग सुनुवाई नभए जेठ १७ देखि २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेको  नेपाल बैदेशिक रोजगार व्यवसायी संघलेले जनाएको छ। 

वैदेशिक रोजगार व्यवसायी संघले समसामयिक विषयमा छलफल गर्न बोलाएको भेला मार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए विदेश पठाउन नै रोक्ने पस्ताव व्यवसायी भेला मार्फत सर्वसहमतिले पारित गरेको हो।

जेठ १६ सम्म माग पुरा नभए जेठ १७ गतेदेखि २३ गतेसम्म एक हप्ताको लागि बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने, यति गर्दापनि नभए बिरोध संघर्ष र असहयोग गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष रोहन गुरुङले बताए।   

व्यवसायीले अघि सारेका ५ बुंदे मागमा वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने,  

वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने माग व्यवसायीले गरेका छन् । 

मलेसिया रोजगारी सुचारु गर्न श्रम रोजगार तथा समाझिक सुरक्षा मन्त्रालयमा सुचिकृत भएका मेडिकल सेन्टरबाट स्वास्थ्य परिक्षण गर्ने गरि नयाँ कामदार पठाउने प्रक्रिया शुरु गर्ने, दुतावासले बिभिन्न तरिकाले दुख दिएकाले मागपत्र प्रमाणीकरण सहज बनाउन रोजगारदाता कम्पनीलाई username र passport दिई अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्ने व्यवस्था गर्ने लगायत छ।  

साथै व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क आफ्ना प्रतिस्पर्धी भारत, बंगलादेश, पाक्सितन लगायतका दक्षिण एसियाली मुलुक अनुसार हुनुपर्ने माग समेत गरेका छन्। 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved