बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? रोजगार दिने कम्पनी, काम र दामको जानकारी अब अनलाइनबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 08:55:54 AM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगारीमा जाने नेपालीहरुले कामको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन। देश, कम्पनी र कामका लागि आएका मागबारेको जानकारी अनलाइबाट नै प्राप्त हुने बैदेशिक रोजगार बिभागले जनाएको छ। 

माग र अन्य जानकारीका लागि विभागको अनलाइन  https://foreignjob.dofe.gov.np/  मा हेर्न सकिने विभागमा महानिर्देशक भीष्मकुमार भुसालले बताएका छन।       

विदेशमा जान चाहेको काम र सीपको आधारमा वा देशको आधारमा वा पठाउने कम्पनीको आधारमा वा जागिर दिने कम्पनीको नाम राखेर अनलाइनमा हेर्ने वित्तिकै धेरै जानकारी एकै ठाउँबाट प्राप्त हुने भुसालले बताए। 'विभागको वेबसाइटमा गएर काम, दाम, कामदार लैजाने कम्पनी, पठाउने म्यानपावर एजेन्सी सबैको विवरण प्राप्त गर्न सकिन्छ' उनले भने। 

सरकारले कडाइ गरेपनि म्यानपावर र दलालबाट जानकारी लिएर उनीहरुको भनाईलाई बिश्वास गरि पासपोर्ट र पैसा बुझाउने क्रम अझैं पनि जारि छ। यसबाट कयौं सोझासाझा व्यक्तिहरु ठगिएका छन। वेबसाइटको माध्यमबाट आफुले जान चाहेको देश, कम्पनी र काम तथा दामको बारेमा सुरुमै जानकारी प्राप्त हुनेहुँदा ठगि नियन्त्रणमा महत्वपूर्ण सफता मिल्ने बिभागको अपेक्षा छ। 


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved