विदेशबाट फर्किदा ल्याउन पाइने सुनको सिमा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2019 | 12:26:07 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट फर्किएका नेपालीले ल्याउन पाउने काँचो सुन तथा सुनको गहनाको सिमा बढेको छ। आर्थिक बिधेयक २०७६ मार्फत सरकारले भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्रामको काँचो सुन ल्याउन पाइने व्यवस्था गरेको हो।   

आर्थिक बिधेयक २०७६ अनुसार अब दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइने छ। ५० ग्रामसम्म सुनका गहना ल्याउदा कुनै शुल्क लाग्ने छैन भने थप एक सय ग्राम ल्याउदा प्रति दश ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्छ। बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ। तर तोकिएको दुई सय ५० ग्रामभन्दा बढी ल्याएमा बढी भएको परिमाण जफत हुनेछ।    

सय ग्राम करिब १० तोला सम्म काँचो सुन ल्याउन पाइने भएको छ। पचास ग्राम मात्र काँचो सुन आयात गर्दा प्रति १० ग्रामको ६ हजार दुई सय रुपैयाँ भन्सार लाग्ने छ भने बाँकी पचास ग्रामको प्रती १० ग्रामको सात हजार दुई सय रुपैयाँ लाग्नेछ।

विदेशीले नेपालमा सुनका गहना भित्र्याउदा गहनाको कुल लागतको २० प्रतिशत धरौटी राख्नुपर्ने भएको छ। तर यस्तो गहना फिर्ता गर्ने शर्तमा मात्रै भित्र्याउन पाइनेछ। फिर्ता लैजादा धरौटी फिर्ता पाउनेछन। 

यसअघि सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved