वैदेशिक रोजगारमा एजेन्ट व्यवस्था खारेज, निर्देशन नमान्ने म्यानपावरलाई कडा कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 04:54:59 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगारको क्षेत्रबाट एजेन्टहरुको व्यवस्था खारेज भएको छ। बैदेशिक रोजगार ऐन, २०६४ को व्यवस्था केहि नेपाल ऐन मार्फत संशोधन भई सकेकाले व्यक्तिलाई एजेन्टको रुपमा काम नगराउन बैदेशिक रोजगार बिभागले निर्देशक दिएको छ।

बिभागले आज एक सूचना जारि गरि म्यानपावरलाई एजेन्ट नराख्न निर्देशन दिएको हो। एजेन्ट राखेको थाहा हुन आएमा त्यस्ता एजेन्ट र संस्थालाई पनि कडा कारबाही गरिने बिभागको सूचनामा उल्लेख छ।

केहि नेपाल ऐन संशोधन भएपछि अव बैदेशिक रोजगार व्यवसायीले जिल्ला कार्यालय मार्फत काम गर्नुपर्नेछ ।  केहि नेपाल ऐन संशोधन अन्तर्गत बैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४ को उपदफा २ मा रहेको "वा आफ्ना प्रतिनिधि नियुक्त गर्ने" भन्ने वाक्याँश हटाइएसँगै मेनपावरले  एजेन्ट राख्ने व्यवस्था खारेज भएको हो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved