मलेसियामा कामदार पठाउने बिषयको टुंगो लगाउन बैठक बस्ने सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 07:19:03 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा नेपाली कामदार पठाउने प्रकृयागत बिषय छिट्टै टुंगो लाग्ने भएको छ। नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान दुई देशबीच छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्विट्जरल्यान्ड पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनबीच मलेसियाको श्रम समझदारीलाई कार्यान्वयन गरिने विषयमा छलफल भएको हो । 

छलफलमा दुई देशबीच भएको श्रम समझदारी कार्यन्वयनका लागि एक महिना भित्रै दुवै देशको संयुक्त प्राविधिक समितीको बैठक बस्ने सहमति भएको श्रम मन्त्रालयका सह सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । छलफलमा दुवै देशले अहिले सम्म गरेका तयारीका बारेमा जानकारी आदान प्रदान भएको उनले बताएका छन् ।

शिष्टाचार भेटका क्रममा दुई देशबीच श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको लामो समय बितिसक्दा पनि कार्यान्वयनमा ल्याउन नसकेको विषयमा  छलफल भएको छ।

नेपाल र मलेसिया बीच २०७५ कात्तिक १२ मा श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको थियो। तर सम्झौताअनुसार प्रकृयागत बिषयको टुंगो नलागेकाले   समझदारीपत्रमा हस्ताक्षर भएपनि कामदार पठाउन नेपाल सरकारले रोक लगाउंदै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved