उम्मेदवारीलाई लिएर कांग्रेसको फोरमभित्र भाँडभैलो, कहिँ कुर्सि हानाहान, कतै 'लुछालुछ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 01:35:42 PM मा प्रकाशित

laxmi  sunrise bank

म्यानपावर व्यवसायीहरुको छाता संगठन बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारीलाई लिएर पार्टीगत संगठनभित्र किचलो बढेको छ।

असार २७ गतेलाई निर्धारण गरिएको निर्वाचन गर्ने कि नगर्ने भन्नेमै विवादित रहेका नेपाली कांग्रेस निकट निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र नेकपा समर्थित प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मंचका व्यवसायीहरुबीच उम्मेदवारीलाई लिएर समेत मत भेद बढेको छ।

कांग्रेसको फोरमभित्र कुर्ची हानाहान  

फोरमका अध्यक्ष हंसराज वाग्लेले आगामी निर्वाचनमा कमल तामाङलाई अध्यक्षको टिकट दिएर उम्मेदवार बनाएपछि कांग्रेस निकट फोरमभित्र तिब्र असन्तुष्टि बढेको छ।  

असार ५ गतेको बैठकबाट अध्यक्ष वाग्लेले तामाङलाई अध्यक्ष पदको टिकट दिएपछि फोरमभित्रको विवादले ठुलो रुप लिएको छ। बैठकमा अल्पमतमा परेका वाग्लेले पेलेरै तामाङलाई अध्यक्ष पदको टिकट दिएपछि फोरमका वरिष्ट उपाध्यक्ष (निर्वाचनमा महासचिबको दाबेदार) सुजित श्रेष्ठ लगायत बिरोधमा उत्रिएका छन। 

अध्यक्ष वाग्ले, कमल तामाङ र बिष्णु गहिरेको उपस्तिथी सहितको अध्यक्षको प्रत्यासी टुंग्याउन बसेको बैठकमा 'निर्णय गरियो' भन्ने माइन्युटमा हस्ताक्षर गर्न लगाएपछि वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठले हस्ताक्षर नगर्ने बताए। अध्यक्ष वाग्लेले हस्ताक्षर नगर्ने भए बैठकबाट जान भनेपछि फोरम कुनै एउटा व्यक्तिको होइन भन्दै सुजित श्रेष्ठले अध्यक्षलाई कुर्चीले हानेपछि बैठकको माहोल बिग्रिन पुगेको थियो।

फोरममा सल्लाहकार रहेको सिता देबकोटाले बैठकबाट बाहिरिएका सुजित श्रेष्ठलाई पुन: बैठकमा डाकेर कुरा मिलाउने प्रयास गरिन। तर कुरा मिलाउन बसेको बैठकमा नै कमल तामाङ पक्षधर फोरमका अर्की सल्लाहकार बिष्णु कुमारी र देबकोटाबीच बैठकमै हात हालाहाल हुन पुगेको छ। उनीहरुबीच लुछालुछको अवस्था आएको प्रत्यक्षदर्शीले बताएका छन। देबकोटालाई सुजित पक्षधरको रुपमा लिइन्छ भने बिष्णु कुमारीलाई संगठनमा महत्वपूर्ण व्यक्तिको रुपमा लिइन्छ। 

निर्वाचनमा अध्यक्ष पदको टिकट पाएका कमल तामाङ पक्षधरको बिष्णु कुमारीको समुहले विदेशमा भएका एक जनाको अनलाइन मार्फत अनुमति मागेर ११ सदस्य बनाई राति १ बजे निर्णय गरेको छ। तर सुजित पक्षधरले उक्त माइन्युट आफ्नो कब्जामा लिएको भन्दै तामाङ पक्षधरले प्रहरीमा उजुरी दिएको छ। 

फोरम अध्यक्ष वाग्लेले बहुमतले पारित गरेपछि कसैको निर्णयले केहि नहुने भन्दै अहिलेको निर्णयनै 'भ्यालीड' भएको बताएका छन। यता सुजित श्रेष्ठ समुह भने बाहिर रहेका अध्यक्षका प्रत्यासी भुवनसिंह गुरुङ नेपाल फर्किएपछि मात्रै सहमतिमै अध्यक्ष पदको लागि फोरमबाट उम्मेदवारी दिने पक्षमा छ।   

सुजित श्रेष्ठ समुहले पार्टी कांग्रेसलाई गुहारेपछि टिकट वितरण गर्नलाई केन्द्रीय सदस्य रमेश लेखकलाई खटाएका छन। टिकट वितरणको बिषय टुंगोमा नपुग्दै तामांगलाई अध्यक्षको टिकट दिएपछि वाग्लेको चर्तिकलाबाट कांग्रेसका केन्द्रीय सदस्य लेखक आक्रोशित बनेका छन्।

नेकपामा चलखेल मात्रै !

सत्तारुढ नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका व्यवसायीहरूभित्र आगामी निर्वाचनमा उम्मेदवारीलाई लिएर कांग्रेस जस्तो विवाद देखिएको छैन। यद्दपी सरोज पोखरेललाई अध्यक्ष बनाउन गरिएको खेलमा भने केहि व्यवसायीले असन्तुष्टि जनाएका छन। 

संघका तत्कालिन महाचिब नरेश गेलाललाई राजिनामा दिन लगाएर संघको महासचिबमा पोखरेललाई ल्याइएको प्रति केहि व्यवसायीले असन्तुष्टि जनाएका हुन। अध्यक्ष पदको टिकट दिलाउनकै लागि गेलाललाई राजिनामा दिन लगाइएको उनीहरुको बुझाई छ। निर्वाचनमा उम्मेदवारी दिनको लागि एक कार्यकाल कार्यसमिति सदस्य हुनुपर्ने संघको बिधानअनुसार पोखरेललाई महासचिब बनाइएको असन्तुष्ट पक्षको बुझाई छ। नेकपा निकट प्रगतिशीलबाट संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तना र पोखरेल अध्यक्षका प्रत्यासी हुन ।

संघका अध्यक्ष रोहन गुरुङले असार ७ गते नै संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनालाई कार्यबाहकको जिम्मेवारि दिएर आफु बिदामा बसेका छन। संघको असार २७ गते साधारण सभा र नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved