सरकारले म्यानपावर व्यवसायीहरुलाई वार्ताको लागि बोलाएको छ। श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले म्यानपावर व्यवसायीका मागहरु सम्बोधन गर्नका लागि प्रतिनिधि पठाउनका लागि पत्र काटेको नेपाल बैदेशिक रोजगार व्यवसायी महासंघले जनाएको छ।
आफ्ना ५ बुंदे मागहरु सम्बोधनका लागि श्रममन्त्री गोकर्ण बिष्टलाई सम्बोधन गरि संघले मन्त्रालयमा दर्ता गरेको पत्रको जवाफ दिंदै मन्त्रालयले छलफल गरि टुंगोमा पुग्नका लागि प्रतिनिधि मागिएको संघद्वारा जारि विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयको पत्रसंगै आन्दोलनका कार्यक्रम अन्तर्गत १३ गतेबाट बैदेशिक रोजगार विभाग घेर्ने कार्यक्रम हाललाई स्थगित गरिएको संघले जनाएको छ। यस अघि संघले असार ४ गते मलेसिया रोजगारी खुला गर्नका लागि सरकारलाई १ हप्ताको अल्टिमेटम दिएको थियो।