फोरमको भाँडभैलोमा कांग्रेसको हस्तक्षेप, घोषित उम्मेदवार अवैध ठहर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 06:20:25 PM मा प्रकाशित

laxmi  sunrise bank

म्यानपावर व्यवसायीको आगामी निर्वाचनको उम्मेदवारीमा नेपाली कांग्रेसले चाँसो देखाएको छ। कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले आगामी निर्वाचनको लागि उठाएका उम्मेदवारहरुप्रति कांग्रेसले चाँसो देखाएको हो। 

लोकतान्त्रिकले आगामी निर्वाचनमा संघको अध्यक्षको लागि कमल तामांगलाई उठाएकोमा कांग्रेसले त्यसलाई अबैध घोषणा गर्दै कार्यान्वन नगर्न आदेश दिएको छ। पार्टीको प्रतिनिधिको सलाह र परामर्शमा निर्णय नगरी घोषणा गरिएको अध्यक्ष पदको लागि प्रस्तावित नाम अबैध भएको पार्टी कार्यालयद्वारा लिखित पत्रमा उल्लेख छ। 

फोरमका अध्यक्षबाहेकका सबै पदाधिकारीले वैधानिक, सान्दर्भिक तथा औचित्यपूर्ण नभएको भन्दै कांग्रेस पार्टी कार्यालयमा हारगुहार गरेपछि  तत्काल सो निर्णय कार्यान्वयन नगर्न भनेको पत्रमा उल्लेख छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले फोरमका अध्यक्षलाई शुक्रबार एक पत्र लेख्दै पार्टीका केन्द्रीय प्रतिनिधिको सल्लाह र परामर्शमा निर्णय गर्ने गरी तत्काल सो निर्णय कार्यान्वयन नगर्न भनेको छ ।

संघको निर्वाचन असार २७ गतेलाई गर्ने निर्णय भएको छ। भाद्र १८ गते भित्र थप धरौटी राखिसक्नु पर्ने भएकोले आगामी असोज पहिलो साता  संघको निर्वाचन गर्ने तयारी गरिएको संघका अध्यक्ष रोहन गुरुङले बिजपाटीलाई बताए। ब्यबसायीहरुको दबाबका कारण संघको निर्वाचन सार्न जिल्ला प्रसासन कार्यलयमा अनुमतिको लागि असार १८ गते निवेदन दर्ता गरेको संघको अध्यक्ष गुरुङले बताए। यद्दपी असार २७ गतेलाई निर्वाचन गर्नलाई कांग्रेसको भातृसंगठन लोकतान्त्रिकले दबाब दिंदै प्रसासनमा धर्ना दिएको छ।         

घटनाक्रम के हो ?

फोरमका अध्यक्ष हंसराज वाग्लेले आगामी निर्वाचनमा कमल तामाङलाई अध्यक्षको टिकट दिएर उम्मेदवार बनाएपछि कांग्रेसको फोरमभित्र तिब्र असन्तुष्टि बढेको छ।  

असार ५ गतेको बैठकबाट अध्यक्ष वाग्लेले तामाङलाई अध्यक्ष पदको टिकट दिएपछि फोरमभित्रको विवादले ठुलो रुप लिएको छ। बैठकमा अल्पमतमा परेका वाग्लेले पेलेरै तामाङलाई अध्यक्ष पदको टिकट दिएपछि फोरमका वरिष्ट उपाध्यक्ष (निर्वाचनमा महासचिबको दाबेदार) सुजित श्रेष्ठ लगायत बिरोधमा उत्रिएका छन। 

सुजित श्रेष्ठ समुहले पार्टी गुहारेपछि टिकट वितरण गर्नलाई केन्द्रीय सदस्य रमेश लेखकलाई खटाएका थिए। टिकट वितरणको बिषय टुंगोमा नपुग्दै तामांगलाई अध्यक्षको टिकट दिएपछि वाग्लेको चर्तिकलाबाट कांग्रेसका केन्द्रीय सदस्य लेखक आक्रोशित बनेका छन्।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved