मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्नलाई १३८ मेडिकल अयोग्य (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 07:07:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नको लागि अयोग्य संस्थाहरुको सुची सार्वजनिक गरेको छ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारको स्वास्थ्य परिक्षणको लागी आवेदन दिएका २९० मध्ये १३८ संस्था अयोग्य रहेको जनाएको छ। 

यी १३८ संस्थाले मलेशिया सरकारबाट प्राप्त मापदण्ड पुरा नगरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयबाट खटिएका प्राविधिक सहितको टोलिबाट भएको स्थलगत अनुगमन तथा निरीक्षण प्रतिबेदनको आधारमा बिशेषज्ञ समितिबाट भएको सिफारिस बमोजिम यी संस्था अयोग्य घोषित भएको मन्त्रालयले जनाएको छ।  

यसअघि मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण ३७ वटा मेडिकलबाट मात्रै हुँदै आएकोमा अबदेखि भने योग्य ९९ वटा संस्थाबाट स्वास्थ्य परिक्षण हुनेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved