म्यानपावरलाई बिभागको चेतावनी: फाइल किनबेचको धन्दा नरोके कडा कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 09:53:54 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्को कम्पनीको फाइलमा श्रम स्वीकृति नलिन बैदेशिक रोजगार व्यवसायीलाई चेतावनी दिइएको छ। बैदेशिक रोजगार बिभागले सोमबार एक सूचना जारि गर्दै व्यवसायीहरुलाई यस्तो निर्देशन दिएको हो।  

एउटा म्यानपावरले राहदानी र रकम बुझ्ने र अर्कोले श्रम स्वीकृति निकालेर विदेश पठाउँदा ठगिने क्रम बढेकाले जुनबाट प्रकृया अघि बढाएको हो त्यहिबाट मात्रै विदेश जाने व्यवस्था गर्न यस्तो निर्देशन दिईएको विभागले जनाएको छ। श्रम स्वीकृति निकाल्दा रोजगारदाताको नामबाट पेश गर्ने अख्तियारनामा (पावर अफ एटर्नी) पुरै तीन वर्षको हुनुपर्ने बिभागले जनाएको छ।  

करारमा उल्लेखित तलव तथा सेवा सुविधा नपाउने कामदारलाई क्षतिपूर्ति दिनुपर्ने बेला म्यानपावरहरु एक अर्कालाई दोष दिएर उम्कने घटना बढेकाले पनि बिभागले एकै म्यानपावरबाट काम गर्न निर्देशन दिएको हो।  

विभागले म्यानपावर आफैले कामदार पठाउनुको सट्टा एजेन्ट बनेर काम गर्ने गरेको, म्यानपावरबीच कामदारको मागपत्र खरीद विक्रि हुने गरेको, कारवाहीमा परेर कारोबार रोक्का रहेका म्यानपावरले अर्कोलाई फाईल पठाएर कामदार वैदेशिक रोजगारीमा पठाउने गरेको जस्ता विकृती बढेको बिभागले जनाएको छ। 

‘आगामी दिनमा यस किसिमका कुनैपनि कार्य कुनै पनि संस्था वा व्यक्तिबाट भएमा हदैसम्मको कानूनी कारवाही हुने छ’ बिभागद्वारा जारि निर्देशनमा उल्लेख छ।  

विभागलाई वैदेशिक रोजगार ऐन २०६४ विरुद्ध काम गरे व्यवसायीलाई पहिलो पटक सचेत गराउने, दोश्रो पटक सोही कसुर दोहर्‍याएमा ५० हजार जरीवाना गर्ने र तेश्रो पटक पनि सोही गल्ती दोहर्‍याएमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभए एक लाख रुपैयाँ जरीवाना गरेर व्यवसायीको ईजाजत्र पत्र रद्द गर्ने सम्मको अधिकार छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved