इतिहासकै धेरै रोजगारी सृजना, एक बर्षमा दुई लाखले पाए रोजगारी (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 02:05:02 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशबाट पलायन हुनेलाई काम सिकाउनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याईएको बताएका छन्  । बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा मन्त्री विष्टले नेपालमा भएका श्रमको प्रयोग सहि रुपले हुन नसकेको अवस्थामा काम प्रति भावना र सम्मान जगाउने संदेश दिने प्रयत्न स्वरुप यो कार्यक्रम ल्याईएको बताएका हुन्  । 

  विश्वमा सबै भन्दा चुनौतीको विषय मानव शक्तिको व्यबस्था भएको भन्दै मन्त्री बिष्टले कामलाई सम्मान दिन यो अभियान सुरु गरिएको बताए  । कुल बजेटको अनुपातमा यो कार्यक्रमको बजेट न्यून भए पनि यसको प्रभाव उत्कृष्ट भएको मन्त्री विष्टले दाबी गरे  । खान नपाउने जनताले काम गरेर केहि आम्दानी गर्ने अवसर पाएको समत उनले बताए  ।  

  एक बर्षको अवधिमा यो कार्यक्रमसम्म आई पुग्न धेरै कठिनाई भ्ग्नु परेको जानकारी दिदै मन्त्री विष्टले भने '८६ वटा प्रक्रिया पुरा गरेर प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याईएको हो ' । एक बर्षमा ५९९ स्थानीय तहले कुल ६ हजार ८ सय ६४ विभिन्न सामुहिक आयोजनामा १ लाख ७५ हजार ९ सय ९ ले रोजगारी पाएको मन्त्री बिष्टले जानकारी दिए ।  उनका अनुसार यस बाट कुल २२ लाख ६२ हजार २ सय ६९ दिन रोजगारी उपलब्ध भएको देखिएको छ ।  जस अनुसार औसतमा १३ दिनको रोजगारी पाएको उनले बताए । यो तथ्यांकमा अन्य स्थानीय तहबाट संचालन भएका आयोजना र त्यसबाट सिर्जना भएका रोजगारी विवरण संकलन हुन् बाँकि रहेको मन्त्रालयले जनाएको छ  ।  

कार्यक्रममा मन्त्री बिष्टले ५ लाखलाई रोजगारी दिने अठोट पुरा हुने समेत दाबी गरे  । अहिलेसम्म १७ लाख बेरोजगार सुचीमा रहेको जानकारी दिदै मन्त्री विष्टले कानुनी संरचना निर्माण सम्पन्न भई सकेको बताए  ।  १ बर्षको अनुभवको आधारमा यो बर्ष जनताले महशुस गर्ने गरी काम हुने विश्वास व्यक्त गरे  । 

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि सबै स्थानीय तहमा गरि कुल २ खर्ब ३६ करोड ७९ लाख ६९ हजार बजेट शशर्त अनुदानको रुपमा हस्तान्तरण गरिएको थियो  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved