दबाब थेग्न नसकेपछि सार्वजनिक गरियो मलेसियासंगको श्रम समझदारी पत्र (पूर्णपा‍ठसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 07:48:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) पत्र ९ महिनापछि सार्वजनिक भएको छ। म्यानपावर व्यवसायी तथा सरोकारवालाको तिब्र दबाबपछि म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत बर्ष कात्तिक १२ गते मलेसियासंग गरेको समझदारी पत्र सार्वजनिक गरेको हो। 

यहि साता नेपाल बैदेशिक रोजगार व्यवसायी महासंघका प्रतिनिधिले बैदेशिक रोजगार बिभागका महानिर्देशकलाई भेटेर श्रम समझदारी पत्र सार्वजनिक गर्नलाई दबाब दिएका थिए। सोहि दबाबसंगै मिडिया लगायत अन्य सरोकारवालाको दबाबपछि श्रम मन्त्रालयले ९ महिनापछि समझदारी पत्र सार्वजनिक गरेको हो। 

नेपाल र मलेसियाबीच गत बर्षको कात्तिक १२ गते श्रम समझदारीमा हस्ताक्षर भएको थियो। उक्त श्रम समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले हस्ताक्षर गरेका थिए। 

करिब १४ महिनाअघि दुवै देशबीच भएको श्रम समझदारीका केहि बुंदामात्रै सार्वजनिक गरिएको थियो। शून्य लागतमा नेपाली कामदार मलेसिया जान पाउने गरी भएको श्रम समझदारीको ९ महिना बितिसक्दा पनि समझदारी पत्र सार्वजनिक भएको थिएन।

श्रम समझदारी भएको ९ महिना बितिसक्दा पनि नयाँ कामदारको लागि मलेसियाको रोजगारी खुल्न सकेको छैन। सरकारले स्वास्थ्य परिक्षण गर्ने संस्थाको छनौट गर्न ढिलाई भएकाले मलेसियाको रोजगारी बन्द भएको जवाफ दिंदै आएको छ। यता म्यानपावर व्यवसायी भने स्वास्थ्य परिक्षणको नाममा आफु निकटकालाई लाइसेन्स दिलाउने खेलमा श्रम मन्त्रालय लागेकाले मलेसियाको रोजगारी करिब १४ महिनादेखि बन्द भएको आरोप लगाउदै आएका छन।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved