श्रम मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 02:03:24 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दाहालसंग कार्य सम्पादन सम्झौता गरेका छन्। मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री बिष्टले कार्यसम्पादन सम्झौता गरेका हुन। 

मन्त्री बिष्टबाट कार्यसम्पादनको जिम्मेवारी लिएका सचिव दाहालले मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेका छन्। यसैगरी सहसचिवहरुले आआफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समयसीमा भित्रै हासिल गर्न चाल्नु पर्ने कदम र निर्धारित कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गरे।

आउँदो आइतबारसम्म सबै शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने मन्त्रालयले जनाएको छ। श्रममन्त्री बिष्टले दुई हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओलीबाट कार्यसम्पादनको जिम्मेवारी लिएपछि मन्त्रालयका सचिवसंग आजमात्र कार्यसम्पादन सम्झौता गरेका हुन। 

मन्त्री विष्टले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्य पालनामा सघाउ पुर्‍याउने बताएका थिए। सो अवसरमा मन्त्रालयका उच्चअधिकारीले सरकारले लिएको लक्ष हासिल गर्न र मन्त्रालयको गरिमालाई उँचो राख्न उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved