जापान जाने कामदारको भाषा परीक्षा कात्र्तिकमा, सिप परीक्षण कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 03:40:44 PM मा प्रकाशित

laxmi  sunrise bank

जापान सरकारले नर्स र केयरगिभरका लागि नेपाली कामदार लैजाने भएको छ । यसको लागि आगामी कात्र्तिक ११ र १२ गते भाषा परीक्षा हुने भएको छ । नेपाल र जापानका प्राविधिक टोलीबीच भएको समझदारी अनुसार भाषा परीक्षा र सिप परीक्षणको मिति टुंगो लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले जानकारी दिए । 

भाषा परीक्षामा पास भएका कामदारको सिप परीक्षण भने कात्तिक १९ र २० गते हुने छ । सिप परीक्षणमा उत्तीर्ण भएका कामदारहरु रोजगारीका लागि जापान जान पाउने छन् । एन–४ तहको भाषा पास पास अनिवार्य गर्नुपर्ने छ । एकपटक जापानी भाषा परीक्षा पास गरेपछि सो परीक्षाको मान्यता १० वर्षसम्म हुनेछ । 

भाषा परीक्षाका लागि २५ सय जापानी येन, सिप परीक्षणका लागि १ हजार येन र नर्सिङ केयरगिभर लागि १ हजार येन गरी ४ हजार ५ सय शुल्क लाग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved