‘नर्सिङ केयर गिभर’मा नेपाली कामदार लैजादै जापान, कसरी दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 12:51:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कामदार लैजाने सम्झौता गरेको जापानले नर्सिङ केयर गिभर लैजाने पक्का भएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सूचना जारी गरेरै नर्सिङ केयर गिभरमा जापान जान चाहने कामदारको अक्टोबर र नोभेम्बरमा जाँच गरिने जनाएको छ । जाँचका लागि जापानले पहिलो चरणमा १ हजार मात्र आवेदन लिनेछ ।

जापानिज् भाषा र सिप मुल्यांकन परिक्षा अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ र नोभेम्बर १२ देखि १४ मा हुनेछ । 

कसरी दिने आवेदन ?

आवेदन अनलाइनमार्फत दिन सकिनेछ । जापान सरकारले सुरुमा आवेदन दिनलेलाई प्राथमिकता दिने जनाएको छ । 

अनलाईनबाट आवेदन पनि काठमाडौंस्थित जापनिज दुतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट टोकन भने अनिवार्य रुपमा लिनुपर्ने छ । टोकन लिएपछि मात्र अनलाइन आवेदन भर्न पाइनेछ । 

नर्सिङ केयर गिभरमा जान नै शैक्षिक योग्यता आवश्यक पर्दैैन । तर तर ‘नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्ट’ र ‘नर्सिङ केयर जापानिज ल्याङ्ग्वयज इभ्यालुयसन टेष्ट’ भने पास गर्नुपर्नेछ । नर्सिङ केयर गिभरको परिक्षा भने नेपाली भाषामा नै लिने जापान सरकारको तयारी छ ।

नर्सिङ केयर गिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ । यो समयमा सोधिएका ४५ वटा प्रश्नको उत्तर लेखिसक्नुपर्नेछ । कम्प्युटर–बेस्ड टेस्टिङ विधिबाट लिइने परीक्षामा सोधिने ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्नको व्यवहारिक हुनेछन् । यसरी परीक्षामा सहभागी हुन मात्रै एक हजार जापानिज् यन शुल्क लाग्नेछ । 

३० मिनेटको हुने जापानिज भाषा परीक्षामा जम्मा १५ वटा प्रश्नहरु सोधिने छ । भाषा परिक्षाका लागि पनि एक हजार जापानिज यन लाग्नेछ ।

जापानले विभिन्न ५ देशबाट ३ लाख ४५ हजार कामदार भित्र्याउने योजना बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved