सामाजिक सुरक्षामा बैंकहरुका आधा दर्जन 'सर्त'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2019 | 08:53:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले साउनबाट शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने श्रमिकको संख्या ५० हजार नाघेको छ। भदौ २५ गतेसम्म सुचीकृत ४ हजार ७९० रोजगार दाताबाट ५० हजार १४० श्रमिकहरु सहभागी भएको सामाजिक सुरक्षा कोषले जनाएको छ। 

सुचीकरणका लागि तोकिएको समयसिमा नजिकिदै गर्दा आवद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या उल्लेख्य बढ्दै गएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले बताएका छन। 

सुचीकृत हुनेमा ठुला रोजगारदाताको संख्या बढी देखिएपनि अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको बैंकिंङ क्षेत्रले भने सामाजिक सुरक्षा कोषलाई बिश्वास गर्न नसकेको देखिएको छ। कार्यक्रम सुरु भएको दुइ महिना सकिन लाग्दा समेत एकाध बैंक बाहेक अरुले सहभागिता जनाएका छैनन। 

सामाजिक सुरक्षा कार्यक्रममा केहि बिषयहरु स्पष्ट हुन बाँकी रहेकाले आफुहरुले सहभागिता नजनाएको एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताए। बैंकहरु आफैले कर्मचारीलाई रिटायरमेन्ट फण्ड लगायतका राम्रा सुविधा दिइरहेकाले त्यो भन्दा राम्रो सहुलियत र सेवा नहुँदसम्म सामाजिक सुरक्षा कोषमा आकर्षण नहुने उनले बताए। 

यता २८ वटा बाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले सामाजिक सुरक्षा कार्यक्रममा केहि बिषय स्पष्ट हुनुपर्ने र केहि बिषय समावेश गरिनुपर्ने भन्दै आफुहरुले ५ महिनाअघि नै कोषलाई सुझाब पठाएको बताएका छन। आफुहरुले भदौ २९ गते पुन: सामाजिक सुरक्षा कोषलाई केहि बिषय लिखित रुपमै बुझाउने तयारि गरेको उनले बताए। 

अहिले बैंक वित्तीय संस्थाका कर्मचारीले संचय कोष, लगानी कोषमा राख्दै आएको र उनीहरुले त्यहाँ जम्मा गरेको पैसाको बिरुद्दमा ऋण समेत लिएकाले त्यसको व्यवस्थापन सामाजिक सुरक्षा कोषले कसरि गर्छ भन्ने स्पष्ट नभएको बैंकहरुको भनाई छ। 

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने कर्मचारीले ऋण लिन पाउने वा नपाउने, कोषले कर्मचारीको परिवारको विमा हेर्ने कि नहेर्ने, श्रम ऐनले ५८ बर्षमा अवकाश हुने भन्दा कोषले ६० बर्ष मानेको जस्ता बिषय स्पष्ट नभएकाले पनि आफुहरु सामेल हुन नसकेको बैंकहरुको भनाई छ।        

त्यस्तै अर्का एक बाणिज्य बैंकका सीईओले कर्मचारीको योगदान बढी सुविधा कम भएकाले पनि सामाजिक सुरक्षा कोषमा बैंक वित्तीय संस्थाले सहभागिता नजनाएको स्पष्ट पारेका छन। अहिलेकै अवस्थामा सामेल हुन सजिलो छैन, सामाजिक सुरक्षा कोषले केहि अस्पष्ट बिषय स्पष्ट पार्छ भने र सुविधा थप गर्छ भनेमात्र सहभागिता जनाउन सकिन्छ' उनले भने। 

कोषमा चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर, जि फोर एस सहित ११७ वटा आउटसोर्सिङ कम्पनीहरु, नोवल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल, आम्दा नेपाल, सानीमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, सांग्रीला होटल, शंकर गु्रप, यति डिष्टीलरी, ट्रिनटी कलेज, किष्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज( विभिन्न क्षेत्रमा हजारौं प्राविधिक कर्मचारीलाइ आउट सोसिंङ गर्ने कम्पनी), दराज डटकम जस्ता ठूला रोजगारदाताहरु आइसकेका छन्। कोषमा सूचीकृत भएको चौधरी ग्रुपमा १० हजारभन्दा बढी कामदार छन्। तीमध्ये १ हजार २ सय श्रमिकहरुले योगदान शुरु गरिसकेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved