‘सामाजिक सुरक्षा योजना’कार्यान्वयनमा प्रतिबद्ध छौँः परिसंघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 07:40:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले ‘योगदानमा आधारित सुरक्षा योजना’ कार्यान्वयनमा आएका समस्या मिलेर समाधान गर्ने प्रतिबद्धता जनाएको छ । परिसंघमा आयोजत सामाजिक सुरक्षा योजना कार्यान्वयनसम्बन्धी कार्यक्रममा अध्यक्ष सतिशकुमार मोरले कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न विशेषज्ञ कार्यदल बनाइ सरकार र कोषलाई छिट्टै लिखित सुझाव दिने बताएका छन् । 

‘कोषले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षामा ठूलो गृहकार्य गर्न आवश्यक छ,’ मोरले भने, ‘सँगै कोषले लगानी नीति पनि छिटो ल्याउन आवश्यक छ ।’

परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले कोषको लगानी नीति, नेपालमा रहेका विदेशी कामदार, दैनिक ज्यालादारी कामदार लगायतका हकमा पनि कोषले स्पष्ट हुनुपर्ने बताए । 

सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कपिलमणि ज्ञवालीले कोषमा दर्ता हुने श्रमिकको संख्या ५१ हजारको हाराहारीमा रहेको र रोजगारदाता करिब ५ हजार पुगेको जानकारी गराए । उनले कोष लगानी नीतिकै छलफलमा रहेकोले चाँडै लगानी नीति ल्याउने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved