बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 19, 2019 | 09:34:59 AM



वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीबाट अहिले सम्मकै धेरै क्षतीपूर्ति दिलाएको छ । भदौमा मात्रै विभागले म्यानपावर कम्पनीबाट २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति श्रमिकलाई दिलाएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । उनका अनुसार भदौमा भराईएको क्षतिपूर्ति एकै महिनामा दिलाईएको अहिले सम्मकै उच्च हो । 

विभिन्न म्यानपावर कम्पनीले भदौमा १९ लाख ५० हजार रुपैयाँ जरिवाना तिरेका छन् । भदौमा विभागले वैदेशिक रोजगार न्यायधीकरणमा दर्ता गराएको ४१ वटा मुद्दामा २ करोड ८५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7