एनआरएनए अध्यक्षका उम्मेदवार पन्तका दर्जन बढी प्रतिबद्दता (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 02:15:12 PM मा प्रकाशित

laxmi  sunrise bank

गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालको लागि अध्यक्ष पदका उम्मेद्वार कुमार पन्तले चुनावी नारा सार्वजनिक गरेका छन् । आफ्ना ५ नारा सार्वजनिक गर्दै उनले अध्यक्ष के का लागि भन्ने उत्तर सहितका ५ मन्त्र अघि सारेको बताएका छन् । 

वर्तमान उपाध्यक्ष रहेका पन्तले एनआरएनएलाई नेपालमा लगानी, सम्मानपूर्ण वैदेशिक रोजगारी र दिगो संठनको मन्त्र अघि सारेका छन् । उनले संगठनमा व्यापक सहभागिता र एनआरएनएलाई नेपालको निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्ने वाताबरण मिलाउन आफूले उम्मेदवारी दिएको बताए । लामो समयसम्म विभिन्न पदमा रहेर काम गरेका पन्तले अध्यक्षमा आफूलाई विजयी गराउन गैह्र आवासीय नेपालीलाई अनुरोध गरेका छन् ।

उनले पूर्वअध्यक्ष शेष घलेको ‘भिजन २०२०’को योजना नै अबको एनआरएनको मुद्दा भएको बताएका छन् । भिजन २०२० ले सबै एनआरएनएको माग समेटेको उनको भनाई छ । 

उनले आफ्नो २० बुँदे प्रतिबद्दतापत्र समेत सार्वजनिक गरेका छन् । 

हेर्नुस भिडियो: 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved