वैदेशिक रोजगार ठगी मुद्दामा फरार बिमला २ वर्षपछि पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 02:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार ठगी मुद्दामा फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले दुई बर्षपछि पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१० की विमला थापालाई सीआईबीको टोलीले आइतबार नयाँ वानेश्वरको थापागाउँबाट पक्राउ गरेको हो।

सरिताकुमारी सापकोटाको जाहेरीमा विमलालाई वैदेशिक रोजगार न्यायाधीकरणले ०७४ असार २६ गते एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार फैसला सुनाएको थियो। फैसला सुनाएको करिब दुई बर्षपछि मात्रै विमला पक्राउ परेकी हुन्। 

पक्राउ परेकी विमलालाई सोमबार जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ केन्द्रिय अनुसन्धान व्यरो महाराजगंज काठमान्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved