वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार तयार छः मन्त्री पोखरले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 02:49:57 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औँ वार्षिक साधारणसभामा मन्त्री पोखरेलले वैदेशीक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपाय व्यवसायीले नै दिनुपर्ने बताए । 

‘स्पष्ट अवधारणासहित आउनुहोस् सरकारले सबै समस्याको समाधान गर्नेछ’ मन्त्री पोखरेलले भने । अहिलेकै अवस्थामा मूलुकको लागि वैदेशिक रोजगारी निकै प्रभावकारी रहेको भन्दै उनले वैदेशिक रोजगारीले नेपालको अर्थतन्त्रमा निकै ठूलो सहयोग पुर्याएको जनाए । 

नयाँ नेतृत्वका लागि आजै निर्वाचन

संघको नयाँ नेतृत्व चयनका लागि आजै निर्वाचन हुँदैछ । निर्वाचनमा ६५८ प्रतिनिधिले मतदान गर्दैछन् । सरकारले म्यानपावरको धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनीकध्ये हाल १९६ निस्क्रिय छन् । 

सत्तारुढ नेकपासहित प्रगतिशील समूहको तर्फबाट सरोजकुमार पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी छ । 

दुवै समूह आ–आफ्नो प्यानल नै बनाएर निर्वाचनमा लागेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved