सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बैंकर संघको प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 10:53:45 AM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर संघले सामाजिक सुरक्षा कोषमा सुचिकृत हुने प्रतिबद्दता जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघका पदाधिकारीबीच बिहिबार सम्पन्न बैठकमा बैंकरहरुले यस्तो प्रतिबद्दता जनाएका हुन्।

छलफलमा बैंकर संघका पदाधिकारीले कोषका विभिन्न स्किमहरु र तयार हुँदै गरेको लगानी कार्यविधीका बारेमा जिज्ञासा राखेका थिए। नयाँ कार्यक्रम भएकाले बुझाइमा अस्पष्टता भएको भन्दै मन्त्री विष्टले यस्तो अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्न सरकार सधैँ तयार भएको स्पष्ट पारे।   

छलफलमा मन्त्री गोकर्ण बिष्टले सबै बैंक तथा बित्तीय क्षेत्र समयसीमा भित्रै सहभागी हुने अपेक्षा गरेको बताए। सरकारले कोषमा सूचीकृत हुन मंसिर १३ गतेसम्मको समय दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved