अब अनलाइनबाटै वैदेशिक रोजगार विभागमा पैसा तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 11:34:40 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच अनलाइन भुक्तानीको लागि सम्झौता भएको छ  । सम्झौतापत्रमा वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

सम्झौता संगै अब  सर्वसाधारणले  वैदेशिक रोजगार विभागका सम्पूर्ण भुक्तानीहरु कनेक्ट आपीएसको ई पेमेन्ट मार्फत तिर्न सक्ने छन् । प्रारम्भिक रुपमा यस प्रणाली मार्फत वैदेशिक रोजगारकर्मीहरुले तोकिएका बीमा कम्पनीहरुमा अनिवार्य आवधिक बीमाका निम्ती बुझाउनु पर्ने बीमा प्रिमियम शुल्क सोझै बैंक खाताबाट जम्मा गर्न सक्नेछन् । 

त्यस्तै कोषमा अनिवार्य जम्मा गर्नु पर्ने रकम, भाषा परिक्षण शुल्क, कम्पनी नविकरण शुल्क लगायतका विभिन्न भुक्तानीहरु पनि अनलाईन मार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved