बिजपाटी सम्बाददाता     Mar 19, 2020 | 04:55:59 PM


कोरोना भाइरसको कारण वैदेशिक रोजगारीको लागि जान नपाएका नेपाली नागरिकलाई सरकारले रोजगारी दिने जनाएको छ । सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मलेनमा  कोरोनाले विदेशमा रोजगारीमा जान नपाएकालाई सरकारले रोजगारी दिने बताए। 

सरकारले उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने मन्त्री खतिवडाले बताए।  काम गर्ने चाहने व्यक्तिलाई नाम सूचीकृत गर्न आग्रह गरेका छन् । उनले साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिनसक्ने तर टेबल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने बताएका हुन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका