३ लाख श्रमिकको तत्काल नेपाल फर्कने इच्छा, के छ सरकारको तयारी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 26, 2020 | 10:50:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किन सक्ने तर्फ सरकार केही सचेत देखिएको छ । नेपालीहरुका प्रमुख श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकहरु स्वेदश फर्कन सक्ने विषयमा गत हप्ताको मन्त्रिपरिषद् बैठकमा छलफलसमेत भएको थियो । 

३ लाख श्रमिक तत्काल फर्किदै

सरकारले करिब तीन लाख श्रमिक स्वदेश फर्किन सक्ने विश्लेषण गरेको छ । साउदी अरब, कतार, कुवेत, बहराइन, मलेसिया, युएई, ओमानलगायत देशमा ठूलो संख्यामा रहेका नेपालीहरु कोरोना भाइरसको त्रासका कारण स्वेदश फर्कन सक्ने सरकारको आँकलन छ । यी देशहरुमा मात्रै १५ लाख बढी नेपाली कार्यरत छन् । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तत्काल तीन लाख श्रमिक नेपाल फर्किने अवस्थामा पुगेको रिपोर्टिङ गरेको छ । प्रधानमन्त्री समक्ष गरिएको रिपोर्टिङमा साउदी सरकारले भारतीय श्रमिकहरूलाई फिर्ता पठाउन फाराम भराउँदा नेपालीहरूले पनि फारम भरेको जानकारी गराईएको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्  ।

तर प्रधानमन्त्री भने लकडाउनको अवधि कायम रहेकै बेलामा कामदारको रुपमा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने पक्षमा नदेखिएको स्रोतको भनाई छ । फर्काउनुको सट्टा सम्बन्धित देशका समकक्षीसँग टेलिफोन गरी नेपाली कामदारको बारेमा चासो लिने र उतै व्यवस्थापन गर्ने मनशायामा प्रधानमन्त्री रहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री श्रमिक नफर्काउने मनशायमा

‘प्रधानमन्त्रीले नेपालीका मुख्य रोजगार गन्तव्य मानिने मुलुकका आफ्ना समकक्षीहरूसँग कुराकानी गर्नु भएको छ, उहाँले तत्कालै आफ्ना नागरिक फर्काउन भन्दा पनि अहिलेलाई त्यहीँ राख्ने र कोरोनाको महामारी सकिएपछि आवश्यक निर्णय गर्ने मनशायले कुराकानी गर्नुभएको बुझिएको छ ।’

त्यसो त श्रम मन्त्री रामेश्वर राय यादवले पनि तत्कालै विदेशमा रहेका नेपाली फर्काउन सम्भव नरहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । उनले कोरोना भाइरसका कारण नेपालमै बेरोजगारको संख्या भयावह रुपमा बढ्ने भएकाले विदेशमा रोजगारीका क्रममा रहेका नेपालीले स्वदेश फर्किन चाहे पनि ल्याउन नसकिने बताईसकेका छन् । 

कतिपय मुलुकमा नेपालीहरू कामविहीन भएका खबर आउँदासमेत सरकार उदासिन बन्नुले सरकार आफ्ना देशका नागरिकको जीवन रक्षाप्रति गम्भिर छैन भन्ने प्रष्ट हुने जानकारहरु बताउँछन् ।

सामाजिक सञ्जालमा खाडीका देशमा रोजगारीका क्रममा रहेका नेपालीले आफूहरु समस्यामा परेको र दूतावासले समेत वास्ता नगरेको गुनासो गरिरहेका छन् । श्रम मन्त्रालयले भने असजिलो परे दूतावासमा सम्पर्क गर्न विभिन्न देशका रहेका आफ्ना देशका नागरिकलाई अनुरोध गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved