बिदामा आएका नेपाली श्रमिक कोरिया फर्किन पाउने, कहाँ गर्ने सम्पर्क ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 05:45:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिपरिषद् बैठकले लकडाउनकै बीचमा कोरिया जाने नेपालीलाई पठाउने निर्णय गरेपछि भिसा लागेका तर जान नपाएका नेपालीहरुका लागि बाटो खुलेको छ । कोरियाको भिसा रहेका बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरी कोरिया पठाउन वैशाख १४ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलले पनि मन्त्रीस्तरीय निर्णय गरेको छ । 

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरिया गएर बिदामा नेपाल आएका र फेरि जान चाहेका कामदारलाई विमान चार्टर गरी पठाउन लागिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिएका छन् । कोरिया जान चाहेका नेपालीहरुले वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखामा सम्पर्क गर्नुपर्ने प्रवक्ता घिमिरेको भनाई छ ।

एनआएनएले जहाज चार्टर गर्ने

कोरिया जाने नेपाली बोकेर नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरियाको सियोल जाने भएको छ । बिदामा नेपाल आएका र भिसा लागेर पनि जान नपाएहरुलाई लिएर निगमको ए३३० जहाज सियोल जाने भएको हो ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार बैशाख १८ गते बिहान १० बजे जहाज त्यसतर्फ प्रस्थान गर्नेछ । निगमकी प्रवक्ताका अनुसार यात्रु संख्या टुंगो लागिसकेको छैन । जहाज गैरआवासीय नेपाली संघ (एनआरएन) कोरियाले यात्रु आफैँले भाडा तिर्नेगरी चार्टर गरेको बताईएको छ । बैशाख १८ गते काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट उड्ने जहाज १९ गते शुक्रबार काठमाडौं अवतरण गर्ने छ ।

लकडाउनका कारण अन्तराष्ट्रिय तथा आन्तरिक उडान जेठ २ सम्म स्थगित रहेका कारण चार्टर उडानमार्फत एनआएनए कोरियाले नेपाल एयरलाइन्सको जहाज चार्टर गरेर नेपालीहरुलाई कोरिया लैजान लागेको हो ।

विदेशबाट आउने जहाजले यात्रु ल्याउन नपाउने भएका कारण कोरिया जाने निगमको जहाज पनि फर्किदा रित्तै आउनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved