२६ लाखलाई रोजगारी दिने तयारी गरेका छौ : मन्त्री पुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 07:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले कोरोना महामारीका बीचमा पनि जीवन खोज्न सबैलाई अपिल गरेका छन् । नेपाल उद्योग परिसंघले मंगलबार गरेको भर्चुअल अन्तरक्रियामा मन्त्री पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योग धन्दा सञ्चालन गर्न सुझाव दिएका हुन्। 

उनले महामारी लम्बिँदै गए बाह्य श्रम बजारमा रहेका १० लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्कने प्रारम्भिक प्रक्षेपण रहेको उल्लेख गर्दै नेपालमा रोजगारी गुमाएका ११ लाख र हरेक वर्ष श्रम बजारमा थपिने पाँच लाखसमेत गरेर २६ लाख श्रमशक्तिको व्यवस्थापन गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिए ।

महामारीका कारण धेरैको ध्यान कृषिमा गएको र कृषि क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्न सकिने देखिएको भन्दै उनले र्ऊजा र कृषि मन्त्रालय मिलेर त्यसका लागि गृहकार्य गरिरहेको बताए । ‘यो संकट ठूलो संख्यालाई कृषिमा आकर्षित गर्ने अवसर हो । यसलाई अवसरमा बदल्न कृषिमन्त्रीज्यूसँग लगातार छलफल भइरहेको छ’, उनले भने, ‘दुवै मन्त्रालयको साझा प्रयत्नबाट कृषिमा आकर्षित गर्ने काम गर्दैछौं ।’

कृषिका लागि सिंचाइ पहिलो आधारभूत सर्त भएकाले आगामी आर्थिक वर्षको बजेटमा सिंचाइलाइ प्राथमिकतामा राखिएको मन्त्री पुनको भनाइ थियो । उनले डिप र स्यालो गरी हजारौं ट्युबबेल वितरणका साथै सानादेखि ठूला सिंचाई आयोजनाका लागि बजेट विनियोजन गर्न लागिएको स्पष्ट गरे । मन्त्रालयले कृषि क्षेत्र प्रवद्र्धनकै लागि १ करोड २२ लाख हेक्टर जमिन सिंचाइ क्षमताको सुनसरी–मरिन सिंचाई आयोजनाको अगाडि बढाएको मन्त्री पुनले स्मरण गराए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved