‘हायर मी नेपाल’ले ५० हजारलाई रोजगार दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 12:59:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेसले ५० हजार युवालाई रोजगारी दिने भएको छ । कम्पनीले ‘हायर मी नेपाल’ परियोजना मार्फत एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख कामदारको अद्यावधिक रेकर्ड राखि पचास हजारलाई रोजगारी दिलाउने जनाएको हो । 

रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महंगो विज्ञापन गर्नुपर्ने, परिक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था मा  ‘हायर मी नेपाल’ आर्फत कम्पनीले लाखौँ युवालाई रोजगारदातासंग जोडने योजना लिएको जनाइएको छ । 

सरकारको श्रम सुचना बैंकलाई सघाउने उद्धेश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन हुने र सोहि पोर्टल मार्फत श्रमिक र रोजगारदातालाई जोडने कम्पनीले जनाएको छ । देश र विदेशमा रहेको श्रमिक कामदारले वेब साइट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको जनाइएको छ ।

श्रावणको पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिईएको हायर मी नेपाल परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा संचालन गर्नका लागि सम्पर्क कार्यालय खोली श्रावण देखि प्रचार प्रसारको कार्यक्रम गर्ने कम्पनीले जनाएको छ । रोजगारदाता र रोजगारी चाहने बीच काममा लगाउने सहमति भइसकेपछि निजहरूलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरिसकिएको जानकारी कम्पनीले दिएको छ ।

कोरोनाका कारण देशका पचीस लाख जनशक्तीलाई रोजगारी दिने चुनौती सरकार सामु आइसकेको र सरकारको उक्त समस्यलाई सहयोग पुर्याउन उक्त परियोजना सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी गराएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved