हेम गुरुङद्वारा वैदेशिक रोजगार बोर्डको सदस्यमा नबस्ने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 05:28:22 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सदस्यमा मनोनित म्यानपावर व्यवसायी हेम गुरुङले आफू उक्त पदमा नबस्ने घोषणा गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले असार १८ गते मन्त्रीस्तरीय निर्णय गर्दै गुरुङलाई बोर्ड सदस्यमा मनोनित गरेका थिए । तर गुरुङले वैदेशिक रोजगारीको क्षेत्र कोभिड–१९ का कारण प्रभावित भएको वर्तमान अवस्था र व्यक्तिगत अस्वस्थताको कारण बोर्डको सदस्य पदमा रहेर काम गर्न असमर्थ रहेको भन्दै मंगलबार मन्त्रालयमा पत्र बुझाएका हुन् । 

‘सम्मानित र मर्यादित बोर्डमा रहेर आफ्नो योग्यता र दक्षताअनुसारको परिणाममुखी कार्य गर्ने अभिष्ट चाहाना हुँदाहुँदै पनि कोभिड–१९ को महामारीले सृजित विषम् परिस्थिति र विश्व अर्थतन्त्रमा पर्न गएको ऋणात्मक असरको अतिरिक्त वैदेशिक रोजगारको क्षेत्रमा देखिएको जटिलता र व्यक्तिगत अस्वस्थताको कारण तत्कालका लागि बोर्डको सदस्य पदमा रहेर काम गर्न असमर्थ भएको व्यहोरा अनुरोध गर्दछु’ गुरुङले मन्त्री यादवलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

गुरुङ कतार भिसा सेन्टरका सञ्चालक पनि हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved