सासु कोषमा श्रमिकले तिर्नुपर्ने १ अर्ब सरकार आफैंले तिरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 04:30:55 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७५ मंसिर ११ गते सरकारले ‘नयाँ युगको शुरुवात’ भएको ल्याएको सामाजिक सुरक्षा योजनाको १९ महिनाको अबधिमा १२ हजार ५ सय प्रतिष्ठान आबद्ध भएका छन् । एक वर्षमा १५ हजार प्रतिष्ठान आबद्ध गर्ने गरी ल्याईएको योजनामा १९ महिनाको अबधिमा साढे १२ हजार प्रतिष्ठान मात्र आबद्ध भएका हुन् । सरकारले एक वर्षको योजना दुई वर्ष सकिन लाग्दा पनि पूरा नहुने देखिएको छ । 

तीन बर्षमा १० लाख श्रमिक आबद्ध हुने सरकारी अनुमान अनुसार १९ महिनाको अबधिमा एक लाख ६९ हजार ४४५ श्रमिक आबद्ध भएका छन् । सरकारी अनुमान अनुसार एक वर्षमा ३ लाख ३४ हजार श्रमिक आबद्ध गुर्नपर्नेमा १९ महिनाको अबधिमा करिब दुई लाख मात्र आबद्ध भएका छन् । सुरक्षा कोषले आवद्ध हुने विभिन्न प्रतिष्ठानलाई आग्रह गरेतापनि विभिन्न ऐन तथा नियमलाई देखाउदैँ निजी प्रतिष्ठानहरु आबद्ध भएका छैनन् । 

तीन जिल्ला सूचिकृत भएनन् 

सामाजिक सुरक्षा कोषमा ७४ जिल्लाका रोजगारदाता कम्पनी आबद्ध भएतापनी तीन जिल्ला आबद्ध भएका छैनन् । ७७ जिल्लामध्ये हालसम्म मनाङ, मुस्ताङ तथा रुकुमपूर्वका रोजगारदाता कम्पनी आवद्ध नभएका हुन् । 

दाबी भुक्तानीको संख्यामा बृद्धि 

रोजगादार दाता कम्पनी तथा योगदान कर्ता आबद्ध सगैँ कोषमा दाबी भुक्तानीको संख्यामा बृद्धि भएको छ । हालसम्म औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी भुक्तानी सख्या २ सय ८७, दुर्घटना तथा अशक्तता सुरक्षा भुक्तानी दाबी २१, आश्रीत परिवार सुरक्षा दाबी भुक्तानी सख्या ६ र उपदान दाबी भुक्तानी संख्या १६ पुगेको योजनाले जानेको छ । 

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गरिएको छ । कोषमा योगदानकर्ताका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी ४ वटा मुख्य योजना रहेका छन्।

एक अर्ब बढी सरकारले बेहोर्ने 

गत चैत महिनादेखि असार मसान्त सम्म योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने  एक अर्ब १२ करोड रुपैयाँ सरकारले व्यर्हाेने भएको छ । गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार चैत महिनाको १८ करोड ६७ लाख रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा गरिसकेको छ भने तीन महिनाको ९३ करोड जम्मा हुन वाँकी रहेको छ । 

कोषका सूचना अधिकारी बिवेक पन्थीका अुनसार चैत महिनाको रकम श्रमिकको खातामा जम्मा भइसकेको छ भने बैशाख, जेठ र असार गरी तीन महिनाको रकम जम्मा भएको छैन् । तीन महिनामा जम्मा गर्नुपर्ने ९३ करोड निकाशाका लागि अर्थ मन्त्रालयमा पत्र पठाइ सकिएको उनले जानकारी दिए । उनका अुनसार नयाँ आर्थिक वर्ष सुरु भएको भन्दै रकम निकाषाका लागि केही समय लाग्न सक्छ। अर्थबाट रकम निकाशा हुनासाथ सम्बन्धीत रोजगारदाताको खातामा रकम जम्मा गरिने कोषले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved