सामाजिक सुरक्षा कोषमा आवद्द भएकाले रकम जम्मा गरेनन्, कारवाहीको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 02:10:47 PM मा प्रकाशित

laxmi  sunrise bank

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने रोजगारदाता तथा योगदानकर्ताले नै कोषमा नियमित रुपमा रकम जम्मा नगरेको पाईएको छ ।  श्रमिकको हक हितका लागि ल्याईएको कोष नै श्रमिकको पक्षमा नभएको भन्दै विभिन्न आलोचना खेपिरहेको बेला कोषमा आबद्ध भएका रोजगारदाता तथा योगदानकर्ताले नै नियमित रकम जम्मा नगरेको पाइएको हो ।

आबद्ध भएका रोजगारदाता र त्यहाँ रहेका योगदानकर्ताले समयमै रकम जम्मा नगर्दा प्रभावकारी रुपमा कोष सञ्चालन हुन नसकेको कोषका सूचना अधिकारी बिवेक पन्थी बताउँछन् । उनका अनुसार कोषमा आबद्ध भएकामध्ये एक लाख ११ हजारले नियमित रुपमा रकम जम्मा गरेका छैनन् । कोषमा आवद्द हुनेको संख्या न्यून रहेको अवस्थामा आवद्द भएकाले पनि रकम जम्मा नगरेका हुन् ।  

तर लकडाउन अवधिको श्रमिकले तिर्नु पर्ने रकम सरकारले तिरिदिने भएपछि त्यस अघि रकम जम्मा नगरिबसेकाहरुके कोषमा रकम जम्मा गर्न थालेका छन् । फागुनसम्म आवद्ध भएका एक लाख भन्दा बढी योगदानकर्ता मध्येमा मासिक रुपमा ३१ हजारले मात्र कोषमा रकम जम्मा गर्ने गरेकोमा उक्त संख्यामा बृद्धि भई ५८ हजार पुगेको सूचना अधिकारी पन्थीले जानकारी दिए । उनका अुनसार फागुनयता २७ हजार नयाँ योगदानकर्ता पनि थपिएका छन् । 

फागुन अघिसम्म नियमित रुपमा रकम जम्मा गर्न आग्रह गर्दा बल्लतल्ल जम्मा हुनेगरेकोमा हाल दोब्बर संख्यामा रकम जम्मा भएको कोषले जनाएको छ । बन्दाबन्दी अघिसम्म कोषमा आबद्ध हुन आनाकानी गरिरहेका निजी प्रतिष्ठानहरू कोरोना महामारीका कारण उद्योग÷व्यवसाय प्रभावित भएपछि श्रमिकको दायित्व वहन गर्न अप्ठ्यारो पर्दै गएपछि कोषमा आबद्ध हुनथालेको कोषले जनाएको छ । 

कोषका अनुसार बन्दाबन्दीको समयमा कोषमा थप उद्योग प्रतिष्ठानहरू सहभागी हुन आएका छन् । यस अवधीमा पर्यटन, हवाई कम्पनी, सञ्चार लगायत क्षेत्रका कम्पनीहरू कोषमा दर्ता भएका छन् ।सरकारले घोषणा गरे अनुसार चैत, वैशाख, जेठ, असार गरी सामाजिक सुरक्षाकोषमा सरकारले जम्मा गरिदिने भनेको १ अर्ब १२ करोड मध्ये १८ करोड ६७ लाख जम्मा भैसकेको छ।   ९४ करोड निकाशाका लागि अर्थमा पत्र पठाईएको कोषले जनाएको छ ।  

रकम जम्मा नगर्नेलाई कारवाही 

कोषले आवद्ध भएका प्रतिष्ठान (रोजगारदाता) र श्रमिक (योगदानकर्ता) लाई नियमति रुपमा रकम जम्मा गर्न ताकेता गर्दा समेत रकम जम्मा नगरेको भन्दै कारवाही गर्ने तयारी गरेको छ । सूचना अधिकरी पन्थीका अुनसार कोष आफैले कारवाही नगरेतापनि सम्बन्धीत निकायलाई खबर गर्ने तयारी भएको छ। ‘गत आर्थिक वर्षसम्म सुरुवाती चरण भएकाले सहुलियत दिइएको हो, तर चालु आर्थिक वर्षदेखि आवद्ध भएर रकम जम्मा नगर्ने रोजगारदाता तथा योगदानकर्ताको बैक खाता रोक्का गर्नेदेखि सम्पती समेत रोक्का गर्नेछौँ’, उनले भने ।

समयमै रकम जम्मा नगर्नेहरुका लागि सम्बन्धीत निकायमा पत्र पठाएर नियमानुसार कारवाही गर्नेछ । कारवाही सगैँ कोषले विभिन्न योजनाहरु समेत परिवर्तनको तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved