कोरिया जान नाम निकालेकाको भिषा रद्द हुन थाल्यो, कामदार निराश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 02:44:39 PM मा प्रकाशित

laxmi  sunrise bank

ईपीएस परिक्षा पास गरी सबै प्रक्रिया पुरा गरेर पनि कोरिया जान नपाएकाहरु निराश भएका छन् । कडा मेहनत गरेर कोरियाको लागि नाम निकाले पनि जान नपाउँदा ८ हजार नेपाली कामदारहरु निराश भएका हुन् । कोरिया जाने व्यवस्था मिलाईदिन उनीहरुले ईपीएस संघर्ष समिति मार्फत बारम्बार आग्रह गरेपनि सरकारले माग सम्बोधन गर्न सकेको छैन ।

लकडाउन भएको कारण अन्तराष्ट्रिय उडान नहुँदा उनीहरु कोरिया जानबाट बन्चित भएका हुन् । सबै प्रक्रिया पुरा गरेकाहरुको भिषा कोरिया सरकारले खारेज गर्न थालेपछि उनीहरु थप निराश बनेका हुन् । 

 लकडाउनकै बीच करिब आठ सय नेपालीको भिसा रद्द भैसकेको संघर्स समितीका संयोजक अजय सोडारी बताउछन् । नेपालबाट कोरीया जान अहिले उडान नभए पनि चार्टर उडानको ब्यबस्था सरकारले गरे त्यसको सबै खर्च आफुहरुले नै बेहोर्ने सोडारी बताउँछन् । कडा मिहेनत र परिश्रम गरेर बल्ल बल्ल कोरियाको लागि नाम निकालेकोमा त्यो पनि व्यर्थ हुनेहो कि भन्ने चिन्ता छ उनलाई । 

धेरै जनाको भिसा रद्द भईसक्दा पनि सरकारले कुनै चासो नदेखाएको उनको गुनासो छ । उनका अनुसार भिसा रद्द हुँदा कोरिया जानकोलागि फेरी भाषा पास गरेर सबै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ। 

सरकार भन्छ 'काम हुदै छ'

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दाहाल यसबारे कोरिया सरकारसँग समन्वय भइरहेको र अब छिटै समस्या समाधान हुने बताउछन् ।  छलफल र समन्वयबारेमा थप जानकारी लिन खोज्दा उनले केहि बताएनन्। 

यसै विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्त सुमन घिमिरेको पनि जवाफ महानिर्देशक दाहालको जस्तै मिल्दो जुल्दो छ। महामारीका कारण उनीहरु कोरिया जानबाट रोकिएको र कोरिया सरकारसंग आवश्यक समन्वय गरीरहेको उनी बताउछन् । तर काहिले देखि उनीहरुलाई कोरिया लैजाने व्यवस्था हुन्छ भन्ने विषयमा जवाफ दिन उनी पनि आलटाल गर्छन् ।  उनी पनि समस्या चाडै समाधान हुने बताउछन्।

राम्रो आय हुने भएकाले ठुलो संख्यामा नेपालीहरु श्रम गर्न कोरिया जाने गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved