सासु कोषमा अर्थले पठायो ८७ करोड रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 04:41:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले घोषणा गरेअनुसार बैशाख, जेठ र असार महिनाको सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम मन्त्रालयमा पठाईएको छ । कोषले माग गरेअनुसारको रकम बुधबार अर्थले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमार्फत कोषमा पठाएको हो । 

कोषले माग गरेअुसार तीन महिनाका लागि ८७ करोड रकम अर्थले मन्त्रालयमा पठाएको हो । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्न सरकारले घोषणा गरेको थियो । 

सरकारले घोषणा गरेअनुसार गत चैतको १८ करोड ६७ लाख रुपैयाँ बराबरको रकम कोषमा गरिसकेको छ । जसमा तीन महिनाको रकम बुधबार पठाईएको हो । तीन महिनाको ८५ करोड र चैत महिनाको बाँकी गरि अर्थले ८७ करोड रुपैयाँ पठाएको कोषले जनाएको छ । कोषका सूचना अधिकारी बिवेक पन्थीका अुनसार एक हजार ८८ रोजगार दाताका ५५ हजार ६ सय ७० योगदानकर्ताका लागि उक्त रकम सरकारले व्यहोरेको हो । 

प्रति महिना २८ करोड ४१ लाख गरी तीन महिनाका लागि उक्त रकम दिईएको हो । चैतमा ३१ हजार योगदानकर्ताको रकम यसअघि नै सरकारले व्यहोरीसकेको छ । 

कोषमा योगदानकर्ताका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी ४ वटा मुख्य योजना रहेका छन् ।

यसअघिः

ऋण लिएर गर्जो टार्दै सामाजिक सुरक्षा कोष

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved