बन्दाबन्दीले हरेक दिन १५ सयको श्रम अबधि सकिदैँ, १६ लाख स्वदेश फर्कने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 12:59:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगार गुमाएका, श्रम अबधि सकिएका तथा अध्ययन लगायतका लागि विदेश गएका करिब १६ हजार नेपाली स्वदेश फर्कने अनुमान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरुको अधिकारको विषयमा गरेको अध्ययन प्रतिवेदन अनुसार विभिन्न प्रयोजनका लागि विदेशमा भएका २८ हजार नेपालीमध्ये कोरोनाका कारण १६ हजार नेपाली स्वदेश फर्कने अनुमान गरिएको हो । 

प्रतिवेदन अनुसार श्रम स्वीकृति तथा करार अवधि समाप्त भएर विदेशमा रोकिएका ३५ हजार, नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका तर कोरोनाका कारण रोजगारी गुमाएका ३ लाख, पुनः श्रम स्वीकृति लिई गएका तर रोजगारी गुमाएका ५ लाख, भिजिट भिसामा गएर समस्यामा परेका १० हजार, श्रम स्वीकृति र करारको म्याद समाप्त भएका तथा आममाफीमा परेकाहरु २५ हजार तथा स्वइच्छाले रोजगारी छाडी स्वदेश फर्कने चाहने २० हजार गरी जम्मा ८ लाख ९० हजार नेपाल स्वदेश फर्कने अनुमान गरिएको हो । 

यसैगरी अध्ययन तथा विभिन्न प्रयोजनका लागि विदेशमा बसोबार गरेका ७ लाख गरी १५ लाख ९० हजार नेपाली स्वदेश फर्कन चाहने अनुमान गरिएको हो । 

हरेक दिन १५ सयको अबधि सकिदैँ

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीका कारण प्रतिदिन प्रन्ध सय नेपालीको श्रम अवधि सकिएको छ । लामो सयमदेखि गरिएको बन्दाबन्दीका कारण वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका नेपाली श्रमिकहरुले श्रम स्वीकृति थप गर्न पाएका छैनन् । 

गत चैत ११ गतेदेखी असार मसान्तसम्म एक लाख ७२ हजार ५ सय नेपाली श्रमिकको श्रम स्वीकृतिको अवधि समाप्त भएका छन् । अध्ययन प्रतिवेदनअनुसार खाडी मुलुकमा १ लाख ३९ हजार १ सय ५० नेपाली श्रमिकको श्रम स्वीकृतिको समय सकिएको छ भने मलेसियामा २२ हजार ४ सय २५ र अन्य मुलुकमा १० हजार ९ सय २५ श्रमिकको श्रमको अवधि सकिएको छ । 

२८ लाख नेपाली विदेशमा

मानवअधिकार आयोगको अध्ययन प्रतिवदेन अनुसार आर्थिक वर्ष २०७४/०७५ मा श्रमस्वीकृति लिएर विदेश गएका तथ्यांकको आधारमा २८ लाख १२ हजार २८९ नेपालीहरु विदेशमा रहेका छन् । जसमा सबैभन्दा धेरै ९ लाख ६९ हजार नेपाली रोजगारीको खोजिमा छिमेकी देश भारमा गएका छन् । विदेश गएका नेपालीमध्ये ३४ दशमलव ४६ प्रतिशत नेपाली भारमा छन् । 

भारतपछि मलेसियामा ४ लाख ६८ हजार, कतारमा ४ लाख ३६ हजार, साउदी अबरमा ३ लाख ५२ हजार, संयुक्त अरब इमिरेट्स, कुवेत, दक्षिण कोरिया, जापान, वहराइन, अष्ट्रेलिया, ओमान, इजरायल, लेबनान लगायतका देशमा रहेका छन् । 

अन्तराष्ट्रिय उडान बन्द हुनुअघि नै टिकट लिएर उडानको मिति पर्खेर बसेका श्रमिक तथाच अन्य विभिन्न कारणले रोजगारी गुमाउन पुगेका तथा अध्ययन एवं व्यावसायिक प्रयोजनका लागि गएकाहरुको संख्या समेत जोड्ना तत्काल स्वदेश फर्कनु पर्ने नेपालीहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

आयोगका सदस्य सुदीय पाठको संयोजकत्वमा अधययन प्रतिवेदन सार्वजकि गरिएको जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved