डाटा अभावमा खाडीमै अड्किए अलपत्र नेपाली !

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Aug 23, 2020 | 06:15:26 PM मा प्रकाशित

laxmi  sunrise bank

गत सोमबार दुबई विमानस्थलमा स्वदेश फर्कने आशामा रहेका २ सय ६६ यात्रुलाई छोडेर रित्तै नेपाल एयरलाइन्सको विमान स्वदेश फर्किएपछि सरकारको आलोचना भयो । विदेशमा आफ्नो श्रम बेचेर नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स पठाउने हजारौ श्रमिकहरु विदेशमा बेवारिसे बन्दा समेत उनिहरुको निशुल्क उद्धार हुन सकेको छैन्।

निशुल्क उद्धार त परकै कुरा आफ्नै खर्चमा स्वदेश फर्कने आशामा रहेका नेपालीलाई समेत छोडेर विमान रित्तै स्वदेश फर्किएपछि सरकारले चौतर्फी आलोचना खेप्यो । 

श्रम बेच्न विदेशिएका श्रमिकका लागि काठमाडौँमा क्यारेन्टाइन तयार नभएको भन्दै लिन पुगेको विमान रितै आउँनु नेपालीका लागि कुनै नयाँ कुरा रहेन। दुबई लगायतका खाडी मुलुकमा बेखर्ची बनेका हजारौ श्रमिकहरुको गत जेठदेखि निःशुल्क उद्धार गर्ने भनेतापनि हालसम्म उद्धार उडान सुरु हुन सकेको छैन् । 

गत चैत ११ गतेदेखि सरकारले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै अन्तराष्ट्रिय तथा आन्तरिक उडान बन्द गरेपछि रोजगारी गुमाएका तथा बेखर्ची बनेका श्रमिकहरु उतै रोकिएका छन् । 

स्वदेश फर्कन सक्ने नेपालीहरु आफ्नै रकममा स्वदेश फर्किएपनि अझैँ लाखौ नेपालीहरु अलपत्र बनेका छन् । उनिहरुको उद्धारका लागि श्रम मन्त्रालयले सम्पूर्ण तयारी गरेतापनि सम्बन्धित देशमा रहेका नेपाली दुतावासको ढिलाईएको कारण उद्धार हुन नसकेको भन्दै मन्त्रालय पन्छिदै आएको छ । 

चीनमा अध्ययनका लागि पुगेका नेपालीहरुलाई निशुल्क उद्धार देखि क्यारेन्टाइको सम्पूर्ण खर्च बेहोरेको सरकार श्रम बेच्न खाडी पुगेका नेपालीको उद्धारमा लागि कठोर बन्ने गरेको छ । 

सर्वाेच्चको आदेशको वेवास्ता

गत जेठ १ गते सर्वोच्च अदालतले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका श्रमिकलाई तत्काल उद्धार गर्न सरकारलाई आदेश दिएको थियो । सर्वाेच्चले आदेश दिएको तीन महिना पुराहुँदा समेत श्रमिकको उद्धार हुन सकेको छैन्। श्रमिक आफैले रकम जम्मा गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड मातहतको कल्याणकारी कोषको रकम खर्च गर्न सर्वोच्चले दिएको आदेश र दुई पटक बसेको मन्त्रीपरिषद् बैंठकले गरेको निर्णयको समेत कार्यान्वयन हुन सकेको छैन् । 

सरकारले उद्धार नर्गदा श्रमिकहरु भोकभोकै बस्न बाध्य बनेका छन् भने, केही आफ्नै रकममा स्वदेश फर्किएपनि निशुल्क उद्धारमा सरकारले वेवास्ता गर्दै आएको छ । हालसम्म ५१ हजारभन्दा बढी नेपालीहरु आफ्नै खर्चमा स्वदेश फर्किएपनि कल्याणकारी कोषको रकम प्रयोग हुन सकेको छैन् । अध्यागमन विभागको तथ्यांक अनुसार चाडर्र उडान मार्फत साउन मसान्तसम्म ५० हजार ७ सय २३ नेपाली स्वदेश फर्किएका छन्। 

आफ्नै खर्चमा स्वदेश फर्कन सक्ने नेपालीहरु चार्डर उडान मार्फत फर्किएपनि रोजगारी गुमाएर बेखर्ची बनेका हजारौँ नेपाली अझै विदेशमै अलपत्र बनेका छन् । उनिहरु महिनौ दिनदेखी कोषको रकम मार्फत स्वदेश फर्कन पाउने आशामा बसेतापनि फर्कन पाएका छैनन् । 

मन्त्रालय भन्छ 'दुतावासले डाटा पठाएनन्'

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने दुतावासले स्वदेश र्फिता हुने नेपालीको डाटा नै नपठाएको बताएको छ । हामीले विभिन्न देशमा रहेका दुतावाससँग समन्वय गरिरहेका छौँ, तर दुतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण पठाउन ढिलाई गरिरहेका प्रवक्ता सुमन घिमिरे बताउँछन् ।उनका अनुसार उद्धार उडान निर्देशिका बमोजिम विदेश स्थित दुतावासको माग अनुसार पेश्की रकम पठाइएको छ ।

‘हामीलाई माग भएका चार देशमा पेश्की रकम पठाईसकेका छौँ, तर अरु देशबाट हामीलाई कुनै रिपोट नै भएन' उनले भने, 'मन्त्रालयले दुतावासलाई आफ्नो तर्फबाट नेपालीको डाटा पठाउँन आग्रह गरिरहेको छ।’ 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड अन्तरगत रहेको कल्याणकारी कोषमा रहेको ६ अर्ब रकम मध्येमा चालू आर्थिक वर्षका लागि श्रमिक उद्धारका लागि ७५ करोड विनियोजन गरिएको छ । 

विनियोजन गरिएको रकम मध्येमा चार दुतावासमा ८० लाख रकम पेश्की स्वरुप पठाईएको छ । जसमा युएईमा २० लाख, बहराइनमा १५ लाख, मलेसियामा १० लाख र साउदी अरबमा ३५ लाख रकम पठाईएको प्रवक्ता घिमिरे बताउँछन् । 

उनकाअनुसार चार देशमध्येमा मलेसियाबाट ८६ नेपालीको उद्धारका लागि प्रतिव्यक्ति ४५ हजारका दरले पेश्की पठाईएको हो । यसैगरी युएईबाट १५ हजारबढी र बहराइनबाट ५० जनाभन्दा धेरै स्वदेश फर्कने सक्ने जानकारी गराएको छ । यसअघि कुवेत सरकारले आममाफी दिएका तीन सय र म्यानमार सरकारले २६ नेपालीलाई निःशुल्क उद्धार गरी काठमाडौं ल्याएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved