४ मन्त्रीको बेवास्ताका कारण खोसिँदै ५ लाख नेपालीको वैदेशिक रोजगारी

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Aug 26, 2020 | 12:11:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस (कोभिड–१९) का कारण खाडी मुलुकमा लाखौँ नेपालीले रोजगारी गुमाएका छन् । कोरोनाका कारण रोजगारी गुमाउने र संक्रमणको क्रासले रोजगारी छोड्नेको संख्या बराबर रहेको बैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । 

कोरोना क्रासका कारण जागीर छोडर बसेको श्रमिकको स्थानमा नयाँ कामदार परिपूर्ति गर्न विभिन्न देशबाट नेपालमा रोजगारीको माग आएको छ । तर सरकारले अनुमति नदिदा धेरै नेपालीको रोजगारी गुम्ने सम्भावना देखिएको वैदेशिक रोजगार व्यवसायी संघका निर्वतमान अध्यक्ष रोहन गुरुङ बताउँछन् । 

‘खाडी देशहरुमा तत्काल ४ देखि ५ लाख कामदारको माग आउने सम्भावना देखिएको त, तर सम्बन्धित मन्त्रालयका मन्त्रीहरु निदाउँदा नेपालीको रोजगारी गुम्छ, उनले भने, श्रमीकको जिम्मा पाएको श्रममन्त्री रामेश्वर राय यादव सुरुवाती चरणदेखि नै आलोचित छन, मन्त्री यादवसगैँ परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, अर्थ मन्त्री युवराज खतिवडा र पर्यटन मन्त्री योगेश भट्राईले श्रमिकको विषयमा कुनै चाँसो देखाएनन्।’

अहिलेको अवस्थामा श्रममन्त्रीले परराष्ट्र, प्रयटन र अर्थमन्त्रीलाई विश्वासमा लिएर विदेशमा बेरोजगार बनेका नेपालीलाई उतै रोजगारी दिने र नयाँ मागलाई पनि अहिलेदेखि नै व्यवस्थित गर्दै लैजानलाई प्रक्रियागत काम खोल्दिनुपर्ने गुरुङको भनाई छ।  पर्यटनमन्त्री योगेश भट्टराईले चार्टड महँगो भएकाले नियमित उडान थालिने बताएपनि अन्य मन्त्रीले केहि चाँसो नदिँदा नेपालले बैदेशिक रोजगारमा अहिलेको अवसर गुमाउने उनको भनाई छ।

उनका अनुसार व्यवसायीले विभागीय मन्त्रालयलाई ताकेता गर्दै आएतापनि हालसम्म नेपालका श्रमिक लैजानेबाटो खुल्ने गरि प्रकृया अगाडी बढ्न सकेको छैन । कोरोनाका कारण सम्बन्धित देशमा नेपालीहरु बेरोजगार बनेर बसेका छन्, भने नेपालभित्रै पनि हजारौं युवाहरु बेरोजगारको अवस्थामा छन्। गन्तव्य देशमा रहेका नेपाली राजदुतावासले नेपालमा स्वीकृति बन्द छ भन्दै नयाँ मागलाई सम्बोधन गर्न नसक्दा बेरोजगार नेपालीयुवाहरुको सङ्ख्या बढ्ने देखिन्छ।

‘हामीलाई दुई महिनादेखि तीन वटा खाडी देशहरुबाट श्रमिकको माग आएको छ, तर सरकारले अनुमति नदिँदा गन्तव्य देशले विकल्पका रुपमा अरु देशबाट श्रमिक लैजान सुरु गरिसकेको छेु उनले भने, धेरै संक्रमित देखिएको भारत लगायतका देशबाट श्रमिकहरु रोजगारीका लागि गैसके तर नेपालबाट श्रम स्वीकृतिको पहल नै भएन ।’ 

एकातर्फ काम छोडेका तर उतै रोकिएका कामदारहरुलाई दुतावासले त्यहाँका कम्पनीसँग समन्वय गर्न सकेको छैन भने अर्कोतर्फ नयाँ मागलाई स्वीकृति दिएर प्रकृया अगाडी बढाउँन सकेको छैन, जसले गर्दा उतैबाट बेरोजगार भएर फर्किनेको सङ्ख्या बढिरहेको छ भने नेपालमा भएकाले समेत नयाँ रोजगारीबाट बन्चित हुनुपरेको छ।  

स्वास्थ्य सम्बन्धी सबै प्रक्रिया पूरा गरेर नेपालीलाई गन्तव्य देशको माग अनुसार श्रम मन्त्रालय हुदैँ परराष्ट्र मन्त्रालयले नेपालस्थित दुताबासमा निवेदन तत्काल नपठाए धेरै नेपालीहरु बेरोजगार बन्ने देखिने गुरुङ बताउँछन्। 

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ सरकारले तत्काल निर्णय नगर्दा सबै प्रक्रिया पूरा गरेका ३ लाख नेपालीहरु स्वदेशमा नै रोकिएको बताउँछन् । 

‘सरकारले बिना तयारी श्रम स्वीकृति बन्द गर्दा भिसा आएका ३ लाख ३० हजार नेपाली श्रमिकहरु रोकिएका छन्, विभिन्न देशमा जाने तयारीमा रहेका उनिहरुको हाल भिसा अबधि समेत सकिएको छ, उनले भने, सरकारले अझै स्वीकृति नदिए भिसा सकिएका लगायत धेरै नेपालीहरु वैदेशिक रोजगारका  लागि जान पाउदैनन् ।’ 

उनकाअनुसार सरकारले गरेको चाटर्ड उडान मार्फत बिदामा आएका केही नेपालीहरु कम्पनीको आग्रह अनुसार रोजगारीका लागि गएतापनि धेरै रोकिएका श्रमिकहरु जान पाएका छैनन् । सरकारले अझैँ श्रम स्वीकृति दिन ढिलाई गर्ने र सहज रुपले सस्तो उडानमा जान नपाउने हो भने तत्काल माग आएका ७ हजार नेपालीहरुले रोजगारी गुमाउने सम्भावना देखिएको छ ।  

युएइ, कतार, बहराइन लगायतका विभिन्न खाडीका देशबाट हामीलाई कामदार पठाउन मागपत्र आएका छन्, हामीले श्रम विभाग र मन्त्रालयमा समेत जानकारी गराएका छौँ, तर हालसम्म कुनै जानकारी नआएको उनि बताउँछन् । 

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदैँ गन्तव्य मुलुकसँगको समन्वयमा कामदार पठाउने गृहकार्य गरिएको बताउँछन् । 

मन्त्रालयका प्रवक्ता सुमन घिमिरे कोरोनाका कारण विश्व श्रम बजारमा देखापरेको आर्थिक मन्दीको अबस्थामा हतार गरेर नेपालीकामदार पठाउदा झनै समस्या हुने देखिएको बताउँछन् । सरकारले तत्काल नेपाली नपठाउने भन्ने कुनै नितीगत निर्णय गरेको छैन्, प्रक्रियागत रुपमा कामदार पठाइने तयारी गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved