सरकारले नेपाली कामदार पठाउन श्रम सम्झौता गरिएका मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित हवाइ उडानको संख्या थप्ने निर्णय पनि गरेको छ । दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने गरी हवाइ उडान खुला गर्ने निर्णय गरेको सरकारले उडान संख्या थप गर्ने निर्णय गरेसँगै अब ५ सयभन्दा बढी यात्रु नेपाल आउन पाउने भएका छन् । यसबारे पर्यटन मन्त्रालयले आवश्यक कार्ययोजना बनाउने छ ।
: मजदूरलाई कोरोना भन्दा भोकको डर ( स्थलगत रिपोर्ट )